पोखरा, मंसिर १७ गते । गण्डकी प्रदेशमा बुधबार कोरोना भाइरस संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना पोखरा महानगरपालिका र एक जना नवलपरासीको रहेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
मृत्यु हुनेमा पोखरा महानगरका १४ का ४८ बर्षीया महिला र अर्को कावासोती नगरपालिका १४ का ७८ बर्षीय पुरुष रहेको निर्देशनालयले जनाएको छ ।कावासोतीका पुरुषको मध्यविन्दु अस्पताल नवलपरासी र पोखराकी महिलाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा निधन भएको हो । कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६२ पुगेको छ ।