पोखरा, मंसिर १९ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सडक, खानेपानीको पहुँच पु¥याएर गाँउबाट विस्थापित भएकाहरुलाई गाँउ फर्कर्ने वातावरण सृजना गर्नुपर्नेमा जोड दिनुभएको छ ।
पुष्पलाल मध्यपहारी लोकमार्ग अन्र्तगत कास्कीको उत्तरी क्षेत्रको अनुगमन गदै उहाँले सुविधाका लागि गाँउ छाडेर बसाईसराईले सुनसान बनेका गाँउलाई राजमार्गले जोडेर गुलजार बनाइने बताउनुभयो । मध्यपहाडी लोक मार्ग अन्र्तगत लम्जुङ, गोरखा र कास्कीको भैसेसम्मको टेण्डर आह्वान भएर काम भैरहेको भएपनि त्यसपछि कताबाट जोडने भन्ने एकिन हुन सकेको छैन् ।
कास्कीको मादी गाउँपालिकाको भैँसेसम्मको खण्डको टेन्डर भैसकेको र अब पोखरा महानगरपालिका वडा २०, पोखरा १६ र हेम्जामा राजमार्ग कसरी जोडदा दीर्घकालीन रूपमा राम्रो हुन्छ भनेर प्राबिधिक सहितको अध्ययनमा गण्डकी प्रदेशका मुख्यमन्त्री र पोखरा महानगर प्रमुख मानबहादुर जिसीर प्राबिधिक सहितको टोलिले स्थलगत रूपमा अध्ययन गर्नु भएको छ ।
भैसेबाट काहुँखोला हुदै लोकमार्ग ल्याउँदा पोखराको मुख्य बजारका घरहरु भत्काउनुपर्ने र क्षतीपूर्ती दिनुपर्ने भएकाले त्यसलाई कास्कीको उत्तरी भाग पोखरा महानगरको २० नम्वर वडाको आम्वोट, मोहरी र आँटीघर मौजा र पोखरा १६ अमला विसौनी जोडेर जाने बारेमा मुख्यमन्त्री गुरुङ, पोखरा महानगरका प्रमुख मानबहादुर जिसी, मध्य पहाडी लोकमार्गको पर्बत, कस्की, र बाग्लुङ इन्जिनियर एवं प्राविधिक मेघराज मरासिनी, पोखरा वडा नम्वर २० का अध्यक्ष सिम गुरुङ, पोखरा १६ का अध्यक्ष जीवनप्रसाद आचार्य सहित बुधबार अवलोकन गर्नुभएको हो ।
अवलोकनका क्रममा मुख्यमन्त्री गुरुङले आटीघर मौवामा बोल्दै उहाँले मध्यपहाडी लोकमार्गले गण्डकीका पाँच जिल्ला गोरखा, लमजुङ, कास्की,पर्वत र बाग्लुङ पर्ने बताउनुभयो । उहाँले पुष्पलाल मध्यपहाडी लोक मार्गलाई पोखरा सहरबाट लैजादाँ धेरै घर फाल्नुपर्ने भएकाले जनताको सम्पत्तिको नोक्सान नहुने गरी माथिल्लो बेल्टबाट लैजानेकी भन्ने उद्देश्यले साइट हेर्न आएको छै उहाँले भन्नुभयो,‘बजारबाट लैजादाँ १५ सय देखि २ हजारसम्म घर पर्ने तथा ती घरहरु भत्काउदाँ मुआब्जा दिनुपर्ने हुन्छ । राज्यले अहिलेको चलनचल्तीको मुआब्जा दिन सक्दैन् ।’ मुख्यमन्त्री गुरुङले कास्कीको पुर्वी खण्ड रुदी दोभान देखि भैसेसम्मको टेण्डर भएर काम तिव्र गतिमा काम भएको बताउदै अव भैसेदेखि याम्दीसम्मको सडक कहाँबाट जोडने भन्ने विषयमा प्रदेश र पोखरा महानगरपालिकाले मिलेर अगाडी बढने बताउनुभयो ।
पोखराबाट लैजादा धेरैको घर फाल्नुपर्ने । बजार भाउ दिन नसक्ने । धेरै जनताको सम्पत्तिको नोक्सान हुने माथिल्लो बेल्टबाट लैजाने की भन्ने हाम्रो योजना हो मुख्यमन्त्री गुुरुङले भन्नुभयो, ‘कास्कीको अम्वोट मोहोरीया, आँटीघर हुदै अमला विसौनी लैजानेकी भन्ने छ वा भलाम हुदै जानेकी अर्को भलाम हुदै आम डाँडाबाट जानेकी भन्ने छ ।’
धेरै गाँउलाई समेटने गरी लैजानुपर्ने बताउदै एक पटक खर्च गरेपछि राम्रो हुन्छ मुख्यमन्त्री गुरुङले भन्नुभयो, ‘कास्कीका गुरुङ बस्ती रहेका छाचोक, मोहोरीया, मौजा आटिघर, अमलाबाट घर छाडेर गएकाहरुलाई पछुताउने अवस्था सृजना गर्नूपर्छ ।’
उहाँले घरघरमा धारा जडान गरेर तथा राजमार्गले छुवाएर टोलटोलमा बाटो बनाएर कास्कीको उत्तरी भेगलाई गुल्जार बनाउदै विस्तारै होमस्टेको माध्यमबाट संस्कृतिको संरक्षण गदै पर्यटन, वातावरणको संरक्षण तथा कृषिको ब्यवासयीक र आधुनिकरण मार्फत रोजगारी सृजना गर्नुपर्छ भन्नुभयो ।
उहाँले लोकमार्गको लागि कुन बाटो जाने तयभएपछि संघीय सरकारसंग जानकारी गराएर रेखांकन र टेण्डरको प्रक्रिया अगाडी बढने बताउदै आगामी दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी अगाडी बढाइने बताउनुभयो । उहाँले पोखराको शहरको बिकल्प खोजी गर्दा सरकार र जनताको हितमा हुने बताउदै यो वर्ष टेण्डरमा जान सके आगामी दुई वर्षमा मध्यपहाडी लोकमार्ग निर्माण सकिने विश्वास ब्यक्त गर्नुभयो । राष्टिय गौरबको आयोजना हो । कम खर्चमा छिटो भन्दा छिटो सम्पन्न गर्नुपर्छ । बाटो बनाउन गण्डकी सरकार र महानगरले सहजीकरण गर्न यहाँ आएको बताउनुभयो ।
पोखरा महानगरका प्रमुख मानबहादुर जिसीले मध्यपहाडी लोकमार्ग अन्र्तगत पोखरा महानगरको खण्ड मौजा, अर्मला मध्य कहाँबाट निकाल्ने भन्ने बारे अनुगमन गर्न आएको बताउनुभयो । उहाँले भन्नुभयभो, मार्ग विजयपुरसम्म आएको छ ।
अव कहाँ निकाल्ने भन्ने छ । नेपाल सरकारको एक सय पर्यटकीय गन्तब्यमा समेटिएको मौजालाई समेटेर जादाँ राम्रो हुने उहाँको भनाई थियो । पुष्पलाल मध्यपहाडी राजमार्ग पाँचथरको फिदिम देखि दार्चुला सम्म जोड्ने करीब १७ सय किलोमिटर रहेको छ ।