काठमाडौं, मंसिर २१ गते । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा शुरुभएको छ । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुनुभएको छैन ।
प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार अध्यक्ष ओली बैठकमा सहभागी हुन इच्छुक रहनु भएपनि साँगुरो ठाउँ, संक्रमणको जोखिम र स्वास्थ्य सुरक्षाका कारण बैठकमा सहभागी हुनुभएन । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बैठक शुरुभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिनुभयो ।
अध्यक्ष ओली बैठकमा सहभागी नहुनु भएपनि उहाँको प्रतिवेदन स्थायी कमिटीका सदस्यहरुलाई वितरण गरिने बताइएको छ । सो प्रतिवेदन अध्ययनपछि सदस्यहरुले आफ्नो धारणा राख्नुहुनेछ । दुई अध्यक्षबीचको पछिल्लो विवादका कारण पार्टीभित्र आन्तरिक तिक्तता बढ्दैगएको छ ।
करिब तीन महिनापछि आज शुरु भएको स्थायी कमिटी बैठकमा दुवै जना अध्यक्षको प्रतिवेदनमाथि छलफल हुने बताइएको छ । पार्टीको आन्तरिक समस्या छलफलबाटै समाधान गरिने नेताहरुले बताउनुभएको छ । यसअघि भदौ २६ गते स्थायी कमिटी बैठक सम्पन्न भएको थियो ।