आर्थिक अपारर्दशीता प्रहरी संगठनमा सह्य हुदैन ःमहानिरीक्षक थापा

पोखरा, मंसिर २२ गते । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी संगठनमा आर्थिक अपारर्दशिता सह्य नहुने चेतावनी दिनुभएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको निरीक्षण तथा अवलोकनपछि प्रदेश अन्तर्गतका ११ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा पोखरा उपत्यका स्थित अन्य प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी कर्मचारीहरुलाई सम्बोधन गदै उहाँले नेपाल प्रहरी संगठनले अंगिकार गरेका नीति तथा मुल्य र मान्यता बिपरीत आफ्नो नीजि स्वार्थ सिद्ध गर्ने गतिविधिहरु सह्य नहने बताउनु भएको हो । उहाँले अपार्दशिताका गतिविधिहरु सह्य नहुने बताउँदै यस प्रति सबै प्रहरी कर्मचारीहरु सचेत रहि पारदर्शिताको नमूना प्रर्दशन गर्नुपर्नेमा जोड दिनुभयो ।


उहाँले प्रहरी कर्मचारी आम नागरिकका पीडा तथा समस्याहरुको निदानकर्ता भएकाले कुनै पनि प्रहरी कर्मचारीको अकर्मण्यताका कारण आम नागरिकमा समग्र कानून एवं न्याय प्रणाली प्रति नै नैराश्यता उत्पन्न हुन नहुने बताउनुभयो । उहाँले कार्यदक्षताले भरिपूर्ण तथा चरित्रवान प्रहरी कर्मचारीका रुपमा आफूलाई कार्यक्षेत्रमा समर्पित गर्न उहाँले निर्देशन गर्नुभयो । गण्डकी प्रदेश प्रहरी कार्यालय तथा मातहतको निरीक्षण तथा निर्देशन सम्बोधनका लागि संगठन प्रमुख प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई धन्यवाद व्यक्त गदै गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक अर्यालले प्रहरी महानिरीक्षकज्यूबाट भएका निर्देशनहरुलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनका प्राथमिकताहरुलाई कार्यान्वयन गरि नतिजामुखी सेवा प्रवाह जोड दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...