पोखरा, मंसिर २३ गते । विश्वकप पावर लिफटिङ–२०२० प्रतियोगितामा नेपालले तीन स्वर्ण र एक रजत पदक जितेको छ । एमोचियर पावर लिफ्टिङ फेडेरेसन अफ ईण्डियाद्वारा भारतको नागपुरस्थित अमराबतीमा डिसेम्बर ४ देखि ७ तारिखसम्म भएको प्रतियोगितामा नेपाली खेलाडीले चार पदक जितेका हुन् ।
प्रतियोगितामा सहभागी सिनियरतर्फ हसन गुरुङ, जुनियरतर्फ आशिष आले मगर, श्रुति कार्कीले स्वर्ण पदक र सिनियर तर्फ राजेश सुवालले रजत पदक प्राप्त गर्न सफल भएको एसियन पावर लिफ्टिङ फेडेरेसनका उपाध्यक्ष तथा नेपाली टिमका प्रशिक्षक जीवन गिरीले जानकारी दिनुभयो ।
प्रतियोगितामा दक्षिण एसिया लगायत विभिन्न देशका खेलाडीहरुले सहभागिता जनाएका थिए । प्रतियोगितामा नेपालबाट ५ जना खेलाडी सहित २ जना अफिसियल एसियन पावर लिफ्टिङ फेडेरेसनका प्रशिक्षक जीवन गिरी तथा नेपाल पावर लिफ्टिङ फेडेरेसनका सल्लाहकार केदार स्थापित सहभागी हुनुभएको थियो ।