पावर हाउसमा ९ करोडमा रंगशाला बन्ने

रंगशाला बन्ने स्थानसम्म जाने बाटोको महानगर प्रमुख जिसीले गरे शिलायान्स

पोखरा, मंसिर २४ गते ।पोखरामा प्रदेशस्तरीय रंगशाला निर्माण हुने भएको छ । पोखरा महानगरपालिका वडा नं १७ पावर हाउस पश्चिमतर्फको खाली भुभागमा रंगशाला निर्माण हुने भएको हो ।रंगशाला निर्माणका लागि डीपीआर तयार भएको छ । रंगशाला निर्माणका लागि ९ करोड रुपैयाँ खर्च लाग्ने पोखरा–१७ का वडा अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो ।

 

रंगशालाको डिपिआर तयार भएको वडा अध्यक्ष तीर्थराज अधिकारीले बताउनुभयो । उहाँले करिव नौ करोडको लागतमा रगंशाला बनाउने योजना रहेको बताउनुभयो । करिव पाँच सय रोपनी जग्गा रहेको र त्यहाँ बहुआयामिक रंगशाला निर्माणको प्रस्ताव तीनै तहका सरकारसंग पेश गरिएको बताउनुभयो ।

रंगशाला निर्माण गर्ने ठाँउसम्म बाटो पुर्याउन वडाले काम सुरु गरेको छ । पावर हाउस फुस्रे खोला खेल मैदान स्थल जाने बाटोको पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीले बुधबार शिलान्यास गर्नुभयो । उहाँले महानगरले एक वडा एक खेल मैदान निर्माण गर्ने बताउदै रंगशाला निर्माणको स्वामित्व बारे स्पष्ट हुनुपर्ने बताउनुभयो ।

 

उहाँले जिल्लास्तरीय रंगशाला भन्दा अलपत्र अवस्थामा पुग्ने भएकाले अपनत्व कस्ले लिने हो त्यसको टुङगो लगाउन आग्रह गर्नुभयो । उहाँले सडक निर्माणको काम महानगरले सम्पन्न गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

 

प्रमुख जिसीले स्वास्थ्यका लागि खेलकुद आवश्यक रहेको बताउदै महानगरले मौजामा सबैभन्दा अग्लो स्थानमा रंगशाला निर्माण सुरु गरेको बताउनुभयो ।सात सय मिटर बाटो निर्माण गरिने भएको छ । वडा अध्यक्ष तीर्थराज अधिकारीले रंगशाला निर्माण गौरवको योजना भएको बताउनुभयो । पाँच सय रोपनी जग्गा रहेको र त्यस मध्य १५५ रोपनीमा रंगशाला निर्माण गरिने बताउनुभयो ।

सडक निर्माणका लागि वडा नं १७ ले १० लाख र पावर हाउस विद्युत केन्द्रले ३ लाख प्रदान गरेको मैदान निर्माण समितीका अध्यक्ष दीपकबहादुर गोदारले बताउनुभयो । अहिले हामीले ४ मिटर चौडाइको ट्रयाक खोलेर मैदान सम्म बाटोको ट्याक खोलीने कार्यपालिका सदस्य राधिका शाही योगीले बताउनुभयो । कार्यक्रममा नेकपा वडा नं १७ का अध्यक्ष सुभाष ढुङ्गाना, नेपाली काँग्रेस १७ का सभापती देवराज अचार्य, निर्माण समितीका सचिब प्रकाश बराल लगायतले बताउनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...