पोखरा, मंसिर २५ गते । गण्डकी प्रदेशमा चार जना कोरोना भाइरस संक्रमितको मृत्यु भएकोछ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले एक बिज्ञप्ति जारी गदै मृत्यु भएको जनाएको हो । पोखराका विभिन्न अस्पतालमा चार जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा पोखरा महानगरपालिका १० का ८१ बर्षीय पुरुषको मणिपालमा उपचारका क्रममा बिहिबार विहान ३ बजे निधन भएको ।उनमा मसिर २०गते कोरोना संक्रमण पुष्टि भएको थियो । यता पोखरा १३ का ५१ बर्षीय कोरोना संक्रमितको मृत्यु भएको छ । उपचारका क्रममा पोखराको फिष्टेल अस्पतालमा निधन भएको हो ।उनमा १९ गते कोरोना पुष्टि भएको थियो ।
यस्तै पोखरा ७ का६५ बर्षीय पुरुषको मृत्यु भएको छ। उपचारका क्रममा चरक मेमोरियलमा मृत्यु भएको हो । उहाँमा २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
यसैवीच तनहुँ जिल्ला शुक्ला गण्डकी नगरपालिका ८ का ७४ बर्षीय पुरुषको उपचारका क्रममा मृत्युु भएको छ । उपचारका क्रममा चरक मेमोरियलमा निधन भएको हो । उनमा मंसिर २२ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।