एक हजार २१७ जना सङ्क्रमित थपिए

काठमाडौं, मङ्सिर २५ गते । पछिल्लो २४ घण्टामा एक हजार २१७ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४५ हजार ६५० पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा साे संख्यामा सङ्क्रमित भएकाे जनाएका हुन् ।

पछिल्लाे चाैबीस चौबीस घण्टामा एक हजार ६४ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ३१ हजार ६०१ जना सङ्क्रमित निको भइसकेका छन् ।यस्तै, हाल १२ हजार ३८६ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । मन्त्रालयका अनुसार मन्त्रालयले हाल ५१५ जना क्वारेन्टिनमा रहेको जनाएको छ ।

 

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा १२ जना सङ्क्रमितको मृत्यु भएको उल्लेख गरेको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट एक हजार ६६३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...