पोखरा, मंसिर २६ गते । कास्कीको माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरूङ र मुस्ताङको घरपझोङ गाउँपालिकाकी उपाध्यक्ष शर्मिला गुरूङबीच शुक्रकार बिबाह सम्पन्न भएको छ ।
उहाँँको शुक्रबार महानगरपालिका वडा नम्वर २५ हेमजामा रहेको एक गुम्मा परम्परागत विवाह भएको हो । अध्यक्ष कर्ण र उपाध्यक्ष शर्मिलाले परिवारको स्वीकृतिमा मागी विवाह गर्नुभएको हो ।
कोरोनाका कारण सबै आफन्त, शुभेच्छुक, राजनीतिक दलका नेता र कार्यकर्तालाई विवाहमा निम्तो गरिएन । निश्चित ब्यक्तिहरुलाई बिबाहमा निम्ता गरिएको थियो । विवाहमा नेकपा नेता एवं पूर्वमन्त्री खगराज अधिकारी, केन्द्रीय सदस्य एंव पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ लगायत नेताहरुको सहभागीता थियो ।
कर्ण र शर्मिलामा दुवै जना पूर्वएमालेबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष हुन्। शर्मिला मुस्ताङको जोमसोमकी स्थानीय हुन् भने कर्ण कास्कीको माछापुच्छे«का हुन ।