पोखरा, मंसिर २७ गते । लायन्स क्लब अफ पोखरा सेन्ट्रल गार्डनले शनिवार बटुकलाई भोजन गराइएको छ ।क्लबले द्वितीय उपाध्यक्ष आनन्द पौडेलको जन्मदिन बटुकलाई भोजन, स्टेशनरी तथा स्वास्थ्य सचेतना सामग्री हस्तान्तरण गरेर मनाएको हो । क्लबका संस्थापक अध्यक्ष डिस्ट्रिक चियर पर्सन हरि भाटले क्लबले हरेक सदस्यको जन्मदिनमा सामाजिक कर्म गरेर मनाउने क्रममा चिसाखोलामा आएको बताए ।
विद्यालयका प्रधानाध्यापक श्रीराम तिमिल्सिनाले संस्कृत हराएमा संस्कार हराउने भएकाले संस्कृत शिक्षाको संरक्षण आवश्यक रहेकोमा जोड दिए ।
तिमिल्सिनाले आफूँ २०५८ सालमा आश्रमको विद्यार्थी भएर निरन्तर संस्कृत शिक्षा र हाम्रा संस्कारको रक्षामा क्रियाशील रहँदै हाल विद्यालयको प्रधानाध्यापक रहेको जानकारी गराए ।
क्लबका द्वितीय उपाध्यक्ष आनन्द पौडेलले जन्मदिनमा बटुकसँगै एक छाक खान पाउँदा आफूलाई सुखानुभूति भएको बताए ।आश्रम सञ्चालक समितिका सचिव गंगासागर उपाध्यायले भोजनदानका बारेमा प्रष्ट्याएको कार्यक्रममा क्लबका अध्यक्ष असफल गौतम, प्रथम उपाध्यक्ष सुब्बा घिमिरे, डाइरेक्टर लालबहादुर रानाभाटलगायतले बोलेका थिए ।