गण्डकीमा शनिबार एकको मृत्यु, पोखराका ६९ सहित ११६ नयाँ संक्रमित थपिए

पोखरा, मंसिर २७ गते । गण्डकी प्रदेशमा शनिबार कोरोना संक्रणबाट एक जनाको मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाँउपालिका १ का ७६ बर्षीय पुरुषको मृत्यु भएको हो ।

शनिबार दिउसो ४ः३० बजे उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मृतक पुरुषमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १८२ पुगेको छ ।

यता गण्डकी प्रदेशमा ११६ नयाँ कोरोना संक्रमित थपिएका छन् । शनिबार मात्रै ११६ नयाँ संक्रमित थपिएको निर्देशनालयले जनाएको छ । थपिएका ११६ मध्य पोखरा महानगरपालिका मात्रै ६९ जना रहेका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...