काँग्रेसको देशव्यापी प्रर्दशन, नेकपा नेतृत्वको सरकार जनता विरोधी र भष्ट्रचारी भएको आरोप

काठमाडौं, मङ्सिर २९ गते । नेपाली काँग्रेसले देशभर प्रर्दशन गरेको छ ।काँग्रेसले सरकारकाविरुद्ध केन्द्रीत हुँदै सोमबार पोखरा सहित देशभर विरोधसभा गरेको हो ।

सरकारका काम कारवाही जनहितमा नभएको, भ्रष्ट्राचार बढेको आरोप लगाउँदै काँग्रेसले देशभर शक्ति प्रर्दशन गरेको हो । पार्टीका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललगायतले देशका विभिन्न भागमा पुगेर विरोध प्रदर्शनमा सहभागी हुनुभयो ।

यसैबीच, तनहुँमा आयोजित विरोधसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मिलेन्द्र रिजालले नीति र निमम मिचेर वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका नेतालाई गिरफ्तार गर्न लगाएको आरोप लगाउनुभयो । अधिनायकवादी चरित्र भएकोले वरिष्ठ नेता माथि दुव्यर्वहार भएको उहाँको भनाइ थियो । ‘लोकतन्त्र रक्षाको लागि तनहुँका जनताले आन्दोलन गर्नुभयो त्यसको लागि तनहुँवासीलाई बधाई दिन चाहन्छु ’रिजालले भन्नुभयो ।

त्यस्तै, नेपाली काँग्रेस महोत्तरीले सरकार विरुद्ध सदरमुकाम जलेश्वरमा वृहत प्रर्दशन गरेको छ । सरकार विरुद्ध लक्षित सो प्रर्दशनमा भ्रष्टाचार बन्द गर, सीमा नाका खुला गर लगायतका नाराबाजी समेत लगाइएको थियो ।कोणसभामा पूर्व सांसद रामचन्द्र तिवारीले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको भन्नुहँुदै सरकारको राजिनामाको माग गर्नुभयो । जिल्लामा लामो समयपछि नेपाली काँग्रेसले जुलुस प्रर्दशन गरेको कारण हजारौं नेता तथा कार्यकर्ताहरुले उपस्थिती देखाएका थिए ।

 

यस्तै, मास्क र भौतिक दूरी अनिवार्य गर्दै काँग्रेस रुपन्देहीले सरकारविरुद्ध प्रदर्शन गरेको हो । भैरहवाको बुद्धचोकमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै काँग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले महंगी बढेको, भ्रष्टाचारको अन्त्य र सुशासन कायम हुन नसकेको, कोरोना भाइरसको रोकथाम र उपचारमा प्रभावकारी काम गर्न नसकेको र आर्थिक समृद्धिको एजेण्डाबाट सरकार विचलित भएको आरोप लगाउनुभयो ।

 

यसैैवीच पोखरामा पनि नेपाली काँग्रेसले प्रर्दशन गरेको छ । पोखराको चिप्लेढुङगा स्थित वीपीचोकबाट र्याली निकालेर पोखराका पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो । सभामा काँग्रेस नेताहरुले सम्वोधन गदै सरकार जनता विरोधी र भष्ट्रचारी भएको आरोप लगाए । नेपाली काँग्रेसका केन्द्रीय सदस्य अर्जुनरसिंह केसीले नेकपा नेतृत्वको सरकारलाई ‘अपराधी सरकार’ को संज्ञा दिएका छन् । उनले कोरोना संक्रमण नियन्त्रण गर्नुको सट्टा स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचार गरी जनतालाई मार्न खोजेको आरोप लगाए ।

देशव्यापी आन्दोलनअन्तर्गत काँग्रेस कास्कीले सोमबार पोखरामा आयोजना गरेको विरोधसभालाई सम्बाधेन गर्दै पूर्व सहमहामन्त्री समेत रहेका काँग्रेस नेता केसीले भ्रष्टाचारी मुलुकको रुपमा कम्युनिष्टहरुले चिनाएको आरोप समेत लगाए ।
उनले लोकतन्त्र र संविधानको जामा ओढेर सरकारले निरंकुश शासन चलाउन खोजेको आरोप पनि लगाउनुभयो ।

नेता केसीले राणा, पञ्चायत र राजा फालेको काँग्रेसले कम्युनिष्टविरुद्ध चौथो संघर्षका लागि तयारी अवस्थामा रहन कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले, ‘अहिलेको आन्दोलन कास्टिङमात्र हो, चौथो आन्दोलनको लागि तयारी हुनुहोला ।’नेता केसीले कम्युनिष्टहरु लोकतन्त्रको संरक्षक हुन नसक्ने भन्दै आगामी चुनाव टार्ने रणनीति हुन सक्छ भन्दै त्यसविरुद्ध खबरदारी आवश्यक रहेको बताउनुभयो । काँग्रेसका पूर्व महामन्त्री एवं पूर्व सभामुख तारानाथ रानाभाटले कम्युनिष्टको अधिनायकवादविरुद्ध एक भएर लड्नुपर्ने बेला आएको बताउनुभयो ।

पूर्व मन्त्री यज्ञबहादुर थापाले कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त हुँदा नेपाली जनताले दुःख पाएको बताए । कास्की काँग्रेसका सभापति कृष्ण केसी, तरुण दल कास्की अध्यक्ष मनोज गुरुङ, काँग्रेस नेता खेमराज पौडेल, सुदीपमोहन भट्टराई, लक्ष्मी पाण्डे लगायतले सरकारका गतिविधिविरुद्ध अभिव्यक्ति दिएका थिए ।पोखरामा पूर्वमन्त्री यज्ञबहादुर थापाले सरकार भष्ट्राचारमा डुबेको बताउदै काँग्रेस सत्तामा पुगेपछि भष्ट्राचारीलाई कारबाही गर्ने चेतावनी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...