नवौ राष्ट्रिय खेलकुद फागुनमा सम्भव छैनःसदस्यसचिव सिलवाल

पोखरा, पुस २ गते । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित मितिमा नहुने बताउनु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमीले बिहिबार पोखरामा आयोजना गरेको रक्तदान तथा खेलाडी सम्मान कार्यक्रममा बोल्दै फागुनमा नवौ राष्ट्रिय खेलकुद हुने अवस्था नरहेको बताउनुभयो ।


हामीले खेलकुद संघहरुसंग छलफल ग¥यौ उहाँले भन्नुभयो, ‘त्यो छलफलबाट प्रतियोगिता फागुन २० मा गर्न नसकिने निष्कर्षमा पुगेका छौ । त्यसैले प्रतियोगिता २०७८ सालभित्र सम्पन्न गछौँ ।’ कोरोना भाइरस संक्रमणका कारण प्रशिक्षण र प्रतियोगिता नियमित हुन नसकेको कारण प्रतियोगिता गर्न समस्या देखियो । त्यसैले आगामी एक वर्षभित्र गर्छौ तर ७८ भन्दा पछाडी जान दिदैनौ भन्नुभयो । जिल्ला, प्रदेश र राष्ट्रिय छनोट प्रतियोगिताका लागि करिव तीन महिना समय आवश्यक पर्ने भएकाले प्रतियोगिता गर्न तयारी नपुग्ने उहाँले बताउनुभयो ।

 

उहाँले खेलकुदमा राजनीति हुन नहुने बताउदै भन्नुभयो, ‘राजनीतिले खेलकुद आत्मसाथ गर्नुपर्छ ।’ उहाँले खेलकुदबाट प्रतिफल प्राप्त गर्न राज्य, नीजि क्षेत्र, खेलकुद संघसंस्था सबैको लागानी हुनुपर्ने बताउनुभयो । ‘खेलकुदको विकासका लागि केन्द्रको प्रयासले मात्रै पुग्दैन प्रदेश सक्षम हुनुपर्छ । तीनै तहका सरकारले ध्यान दिनुपर्छ ।’

मदन भण्डारी स्पोर्टस एकेडेमीका अध्यक्ष बिनोद श्रेष्ठले खेलकुदको माध्यमबाट देशको समृद्धि सम्भव रहेको बताउदै खेल क्षेत्रको विकास गर्ने उद्देश्यले एकेडेमी स्थापना गरिएको बताउनुभयो । उहाँले खेलाडीलाई हौसला सहित प्रतियोगितामा सहभागी गराउन सहयोग गर्ने उद्देश्य एकेडेमीले लिदएको बताउनुभयो । राखेप सदस्य राजेशकुमार गुरुङले खेलाडीहरुलाई खेलबाट सम्मानसंगै बाच्ने आधार सृजना गर्न नगद सहित सम्मान गरिएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...