अध्यक्ष ओली तथा प्रचण्डबीच बैठक सम्पन्न,केही सहमती भएन्

काठमाडौं, पुस ५ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली तथा पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा भएको छलफल सकिएको छ । बैठकबाट केही सहमति हुन नसकेको बालुवाटार स्रोतले बताएको छ ।


अध्यक्ष प्रचण्ड प्रधानमन्त्री तथा अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्नुभएपछि छलफल शुरुभएको थियो । उहाँहरुबीच करिब दुई घण्टा भएको छलफलमा ठोस सहमति बन्न सकेन ।


प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईकाअनुसार दुई अध्यक्षबीच लामो समय छलफल भएपनि ठोस सहमति हुन नसकेको बताउनुभयो । आजै नेकपा स्थायी कमिटीको बैठक पनि तय गरिएको थियो । तर दुई अध्यक्षबीच कुरा मिल्न नसकेपछि बैठक अन्यौलमा परेको बजगाईले बताउनुभयो । यद्यपि अध्यक्ष प्रचण्डले बैठक बस्नुपर्ने अडान कायमै राख्नुभएको छ ।


बालुवाटारमा अध्यक्ष प्रचण्ड–माधव नेपाल पक्षका सोह्र सत्रजना स्थायी कमिटीका नेताहरु बैठकका लागि पर्खेर बस्नुभएको बालुवाटार स्रोतले बताएको छ । तर बैठक बस्ने नबस्नेबारे सहमति बनिसकेको छैन । उता राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रतिनिधिसभा भङ्ग भएको घोषणा गर्नुभएपछि नेकपा भित्र थप विवाद र अन्यौल बढेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...