काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गरेका छन् ।उपप्रधानमन्त्री ईश्वर पोखरेलका अनुसार अहिले केहीबेरमा राष्ट्रपति भवनमा शपथ ग्रहण हुँदैछ ।
बालुवाटार स्रोतका अनुसार टोपबहादुर रायमाझी, मणि थापा, प्रेम आले, गणेश ठगुन्ना, गौरीशंकर चौधरी, दावा लामा र जुलीकुमारी महतोलाई मन्त्री बनाउने तयारी छ ।
केही साबिकका मन्त्रीहरुको मन्त्रालय हेरफेर समेत गरिएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ । स्वास्थ्य, महिला बालबालिकालगायतका मन्त्रीहरुको मन्त्रालय परिवर्तन भएको छ ।