कपिलबस्तु बडीबिल्डिङ संघद्धारा ‘पावर लिफ्टिङ’मा पदक विजेता खेलाडीलाई पोखरामा सम्मान

पोखरा,पुस १६ गते। विश्व ‘पावर लिफ्टिङ–२०२०’ प्रतियोगितामा स्वर्ण पदक विजेता खेलाडीहरुलाई पोखरामा सम्मान गरिएको छ । कपिलबस्तु बडीबिल्डिङ एण्ड फिटनेस संघले बिहिबार पोखरामा एक कार्यक्रमको आयोजना गरी नगद सहित सम्मान गरेको हो ।

प्रतियोगितामा स्वर्ण पदक विजेता हसन गुरुङ, आशिष आले मगर र रजत पदक विजेता राकेश सुवाललाई नगद नगद पाँच÷पाँच हजार, सम्मानपत्र सहित खादाँ लगाएर सम्मान गरिएको थियो भने प्रतियोगितामा सहभागी सुजन आले मगरलाई सम्मानपत्र प्रदान गरिएको थियो ।


कपिलबस्तु बडीबिल्डिङ एण्ड फिटनेस संघका अध्यक्ष एवं प्रशिक्षक जीवन गिरी, सल्लाहकार कैलाश गुप्ता, घनश्याम उपाध्याय लगायतले सम्मान गर्नुभएको थियो । सम्मानपछि बोल्दै अध्यक्ष गिरीले अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्दा खुशी लागेको बताउनुभयो ।‘प्रतियोगितामा सहभागी भएर पदक जिन्नु ठूलो कुरा हो । त्यसैले खुशी लागेको छ ।’

कपिलबस्तु बडीबिल्डिङ संघका कोषाध्यक्ष कृष्ण गुप्ताले कपिलबस्तुमा राष्ट्रिय प्रतियोगिता गर्ने योजना रहेको बताउनुभयो । ‘बडिबिल्डिङमा कपिलबस्तुलाई चिाउने उद्देश्यले श्री कपिलबस्तु आयोजना गर्दछौ ।’ सम्मान कार्यक्रममा सल्लाहकार कैलाश गुप्ता, घनश्याम उपाध्याय र उपाध्यक्ष अर्जुन बर्माले  खेलाडीले पदक जित्दा खुशी लागेको बताउनुभयो ।

 

एमोचियर पावर लिफ्टिङ फेडेरेसन अफ ईण्डियाद्वारा भारतको नागपुरस्थित अमराबतीमा डिसेम्बर ४ देखि ७ तारिखसम्म आयोजना भएको प्रतियोगितामा पाँच नेपाली खेलाडी सहभागी हुदै तीन स्वण र एक रजत पदक जित्न सफल हुनुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...