पोखरा, पुस २१ गते । साहसकी खेल पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले गण्डकी प्रदेशमा ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ आयोजना हुने भएको छ । फागुन २० देखि चैत २० गतेसम्म ८ औं संस्करणको ‘माउन्टेन स्पोर्टस फेस्टिभल’ आयोजना गर्न लागिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा माउन्टेन स्पोर्टस फेडेरेशनले आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य सुर्वण श्रेष्ठले जानकारी दिनुभयो ।
माउन्टेन फेस्टिभलमा परम्परागत आर्चरी, ठेलो, क्यानोनिङ, रक क्लाइम्बिङ, क्यानोइङ, साइक्लिङ, प्याराग्लाईडिङ, क्रसकन्ट्रि रनिङ, मोटर स्पोर्टस, टग अफ वार, रिङ रेस्लिङ, घोडा दौड, ट्राइयाथलन, गल्फ, स्केट बोर्डिङ लगायत १५ खेलहरु समावेश गरिने संयोजक श्रेष्ठले बताउनुभयो ।नेपाललाई स्पोर्टस हबको रुपमा स्थापित गर्न महासंघ प्रयारत रहेको राष्ट्रिय खेलकुद परिषद्का सदस्य भटराईले बताउनुभयो ।
उहाँले विश्वमै गण्डकी प्रदेश साहसीक खेलका लागि उत्कृष्ट स्थान भएको बताउदै उहाँले फेष्टिभलले कोरोना भाइरसका कारण तहसनहस भएको पर्यटनलाई उकास्न सहयोग पुग्ने विश्वास ब्यक्त गर्नुभयो । फेस्टिभलमा राष्ट्रिय÷अन्र्तराष्ट्रि खेलाडी र अफिसियल गरेर ५ सय जनाको सहभागीता रहने अपेक्षा गरिएको बताउनुभयो । प्रतियोगिता सम्पन्न गर्न १ करोड ८८ लाख खर्च हुने अनुमान गरिएको सयोजक सुर्वण श्रेष्ठले बताउनुभयो ।
गण्डकी प्रदेश सांसद एवम माउन्टेन स्पोर्टस फेडेरेशनका प्रदेश संयोजक इन्द्रधारा विष्टले साहसिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो । उहाँले कोरोना एक वर्ष पर्यटन क्षेत्र सुस्ताएको बताउदै भन्नुभयो, ‘पर्यटकीय गतिविधि चलायमान बनाउदै खेल पर्यटन प्रवद्र्धनमा यसले भुमिका खेल्ने छ ।’ उहाँले मुस्ताङमा साहसिक खेल गर्ने योजना अनुसार आफु लागि परेको बताउदै भन्नुभयो, ‘कोरोला नाकामै गल्फ र र्याफिटङ लगायतका खेल गतिविधि गर्ने योजना बनाएको छु ।’
माउन्टेन स्पोर्टस फेडेरेशनका अध्यक्ष तथा राखेपका सदस्य गोविन्द भट्टराई, राखेप सदस्य सम्पन्न श्रेष्ठ, राखेप सदस्य रेनुका श्रेष्ठ लगायतले गण्डकी प्रदेशलाई साहसिक खेलको रुपमा विकास गर्न प्रतियोगिताले भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।