५२२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं, पुस २१ गते । नेपालमा कोरोनाभाइरसका ५२२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा चार हजार ५५१ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ५२२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६२ ह्जार ७८४ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार २२५ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ५७८ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५५ हजार ६६६ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ५७ हजार ४५४ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ८९३ पुगेको छ ।हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार २२५ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...