४१२ जना नयाँ सङ्क्रमित थपिए

काठमाडौं, पुस २२ गते । नेपालमा कोरोनाभाइरसका ४१२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा पाँच हजार १३२ जनाको आरटीपीसीआर परीक्षण गरिएकोमा ४१२ जनामा सङ्क्रमणको पुष्टि भएको हो ।


मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक विवरण अद्यावधिक गर्दै हालसम्म दुईलाख ६३ ह्जार ६०५ जनामा भाइरसबाट सङ्क्रमित भएको उल्लेख गरेको छ । हाल पाँच हजार ५८ जनामा भाइरसको सङ्क्रमण सक्रिय छ । पछिल्लो चौबीस घण्टामा ४८३ जना कोभिड सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म दुई लाख ५६ हजार ६४४ जना सङ्क्रमित निको भएका छन् ।

मन्त्रालयले हालसम्म १९ लाख ६९ हजार २९२ जनाको आरटीपीसीआर परीक्षण गरिएको उल्लेख गरेको छ । पछिल्लो चौबीस घण्टामा चार जना सङ्क्रमितको मृत्यु भएको छ । उक्त संख्यासँगै नेपालमा कोभिड १९ बाट मृत्यु हुने एक हजार ९०३ पुगेको छ ।हाल ३४२ जना क्वारेन्टिनमा र पाँच हजार ५८ जना आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...