पोखरा, पुस २६ गते । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन), कास्कीले आप्mनो स्थापनाको ३१औं वर्ष पव्रेशको अवसरमा राष्ट्रिय आविष्कार केन्द्रलाई २ लाख रुपैयाँ सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्र्तगत प्याब्सनले आविष्कार केन्द्रलाई सहयोग गरेको हो ।
कोरोना भाइरस( कोभिड १९) को जोखिम अझै कायम रहेको सन्दर्भमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई विवरण गर्ने गरी पोखरा महानगरपालिका, शिक्षा महाशाखालाई (दश हजार मास्क पनि हस्तान्तरण गरेको छ । उक्त सहयोग हस्तान्तरण प्याब्सन कास्कीका अध्यक्ष प्रेम प्रसाद शर्मा सुबेदी र प्याब्सनका अग्रजहरूले सामूहिकरूपमा गर्नुभएको थियो । ‘३१औँ प्याब्सन दिवस’को रूपमा विविध कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रेम नारायण अर्यालले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । उहाँले देशको शिक्षाको विकासमा निजी क्षेत्रको उल्लेखनिय योगदान रहेको चर्चा गर्दै थप सफलताको लागि आप्mनो तर्पmबाट सधै साथ र सहयोग रहने कुरा व्यक्त गर्नुभयो । साथै हरेक विद्यार्थीमा केही न केही क्षमता हुने हुँदा त्यसको पहिचान गरी सिर्जनशिलतामा ध्यान दिनुपर्ने बताउनुभयो ।
कार्यक्रमका विशिष्ट अतिथि एवम् सामाजिक अभियन्ता÷राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष, महावीर पुनले प्याब्सनद्वारा प्रदान गरिएको दुई लाख ग्रहण गर्दै प्याब्सनको यस उदाहरणीय कार्यको चर्चा गर्दै यस्ता सहयोगले राष्ट्रिय आविष्कार केन्द्रले थप कार्य गर्न सहयोग मिल्ने विचार राख्नुभयो । साथै समृद्घि हासिल गर्न पैसा कमाउनु पर्ने, पैसा कमाउन केही बेच्नु पर्ने र केही बेच्नका लागि उत्पादन एवम् आविष्कार गर्नुपर्ने रहेछ भन्ने कुरा बुभ्mन आफुलाई २२ वर्ष लागेको र त्यसपछि राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेको बताउनुभयो ।
र्काक्रममा ग्लोबल कलिजियट स्कुल, नेपाल आदर्श आवासीय विद्यालय, रेन्बो एकेडेमिक होम्स् माध्यमिक विद्यालय, न्यू एरा एकेडेमी माध्यमिक विद्यालय, सबलाइम अंग्रेजी माध्यमिक विद्यालय र लिटिल डेफोडिल माध्यमिक बोर्डिङ स्कुललाई सम्मान गरियो ।त्यस्तै २० वर्षसम्म निरन्तर सेवा गर्दै आएका शिक्षक÷कर्मचारीहरूलाई पनि सम्मान गरिएको थियो । यसरी सम्मानित हुनेहरूमा १८ जना शिक्षक÷कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।