पोखरा, पुस २७ गते । राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती पोखरामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । पोखरामा पृथ्वी जयन्तीको अवसरमा र्याली सहित आमसभाको आयोजना गरियो ।
२९९ औँ पृथ्वी जयन्तीको एवं राष्ट्रिय एकता दिवस नागरिक मुल समारोह समितिले कास्कीले र्याली सहित बृहत सभाको आयोजना गरेको हो । पोखराको चिप्लेढुङगाबाट सुरु भएको र्याली चिप्लेढुंगा, महेन्द्रपुल, नयाँ बजारहुदै पृथ्वीचोकमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले नेपालको झण्डा सहित पृथ्वीनारायण शाहको पक्षमा नारा लगाएका थिए भने पञ्चेबाजा सहित नाचगान समेत गरेका थिए । यसैवची पोखरा महानगरपालिका पोखरा महानगरपालिका वडा नम्वर १८ सराङकोटमा निर्मित राष्ट्रिय विभूति तथा सहिद पार्कमा रहेको पृथ्वीनारायण साहको शालिकमा माल्यार्पण कार्यक्रम गरेको छ ।
पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपप्रमुख मञ्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत महेश बरालले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेर एकता दिवस तथा पृथ्वी जयन्ती मनाउनु भयो ।