लायन्स क्लव अफ पोखरा सेन्टेनियलद्धारा सुरक्षा निकायलाई ३० हजार मास्क वितरण

पोखरा, पुस २७ गते । लायन्स क्लव अफ पोखरा सेन्टेनियलले सुरक्षा निकाय अन्र्तगत नेपाल प्रहरी र शसस्त्र प्रहरी वललाई ३० हजार वटा मास्क वितरण गरेको छ । क्लवले एक समारोहका बिच सोमबार पोखरा महानगरपालिकाको सभाहलमा नेपाल प्रहरीका प्रहरी नायब महानिरिक्षक (डि.आई.जी.) घनश्याँम अर्याल, शसस्त्र प्रहरी वलका डि.आई.जी. नारायण पौडेललाई १५÷१५ हजार मास्क वितरण गरेको हो ।

पोखरा महानगरका मेयर मानबहादुर जिसी, उप—मेयर मन्जुदेवि गुरुङ, क्लवका अध्यक्ष प्रगत कायस्थले उक्त मास्क डिआइजी द्धय अर्याल र पौडेललाई हस्तान्तरण गरेका हुन्। कार्यक्रममा बोल्दै मेयर जिसीले कोरोनाको रोकथाम, नियन्त्रण र यसको व्यबस्थापनमा सवैको साथ र सहयोग आवश्यक भएको बताए । पोखरा महानगरको लक्षित बर्गलाई मास्क वितरण अभियानमा यस्ता क्लवले पुराएको सहयोग प्रति धन्यवाद दिदै मास्क सहित अब पोखरामा लक्षित बर्गलाई सेनिटाइजर समेत आवश्यक भएको बताए ।

 

क्लवका अध्यक्ष कायस्थले पोखरामा थप सहयोग उपलब्ध गराउन अन्य क्लवहरुसंगको सहकार्यमा सहयोग उपलब्ध गराउन प्रयास गर्ने बताए । यस अघि क्लवले नेपाल पत्रकार महासंघ कस्की शाखालाई १० हजार, पोखराका २० वटा सामुदायिक बिद्यालयलाई ५० हजार वटा मास्क वितरण गरेको क्लवका निवर्तमान अध्यक्ष विजेश पालिखेले बताए । क्लवले चाइनाको विभिन्न क्लवहरुसंगको सहकार्यमा चाइनबाट २ लाख २५ हजार वटा सर्जिकल मास्क ल्याएको सचिव विवेक श्रेष्ठले बताए ।

 

उक्त अवसरमा क्लवले नेपाल भेन्टिलेटर सर्भिस कास्कीलाई ५० हजार सहयोग गरेको छ । महानगरका मेयर जिसी, क्लवका अध्यक्ष कायस्थले उक्त रकम बराबरको चेक सर्भिसका अध्यक्ष विश्वशंकर पालिखेलाई हस्तान्तरण गरेका हुन्।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...