पोखरा, माघ १६ गते । मुद्रा सटही व्यवसायी संगठन (मनी चेञ्जर) पोखराको अध्यक्षमा रुपकराज मिश्र निर्विरोध निर्वाचित भएका छन ।पोखरामा आज सम्पन्न संगठनको १५ औं साधारण सभा तथा ८ औं अधिवेशनले मिश्रलााई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । यसैगरी संगठनको उपाध्यक्षमा दिपकराज पौडेल, सचिबमा संगिता पौडेल र कोषाध्यक्षमा अमृत भुजेल निर्विरोध निर्वाचित भएका छन ।
अधिवेशनले सदस्यमा अनिता अधिकारी, कमल भुजेल, सवु श्रेष्ठ र प्रविण अधिकारी निर्वाचित गरेको संगठनका निवर्तमान अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिएका छन ।
यस अघि साधारण सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सांसद राजिव पहारीले पर्यटकलाई सेवा दिन दैनिक १८ घन्टा सम्म तयार रहने मुद्रा सटही व्यवसायीहरु कोभिडका कारण प्रत्यक्ष मारमा परेको बताए । अहिलेको विषम परिस्थितीमा कति पनि विचलित नभई आफ्नो व्यवसाय सुचारु गर्न आग्रह उनले व्यवसायीलाई आग्रह समेत गरे ।
निवर्तमान अध्यक्ष भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराई, नेपाल राष्ट्र बैंक पोखराका उपनिर्देशक राम कुमार कार्कीले समेत असधवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।