पोखराका मुख्य सडक अस्फाल्ट पीच, अव देखिने छैनन् खाल्टाखुल्टी

पोखरा, माघ १७ गते । पर्यटकीय सहर हो पोखरा । यहाँको प्राकृतिक सुन्दरता हेर्न आन्तरीक तथा बाह्य पर्यटक यहाँ आउछन् । त्यसैले यहाँका भौतिक पूर्वाधाले पोखराको विकासलाई बुझाँउछ । पोखरालाई नेपालको चेरापुञ्जी भनिन्छ । त्यसैले पोखरा धेरै पानी पर्ने सहरका रुपमा समेत परिचित छ । बर्खायाममा यहाँका सडकहरु भत्किने भएकाले नागरिकले सास्ती खेप्दै आएका थिए । सधै नागरिकको आलोचनाको सिकार भएका स्थानीय र प्रदेश सरकारले पाँच सात वर्ष खप्ने अमेरिकी प्रविधिको अस्फाल्ट प्रविधि भित्राएका छन् ।


पोखरा महानरपालिकाले पोखराका सडक बलियो, टिकाउ र चिल्ला बनाउन अस्फाल्ट पीच गरेको छ । महानगरले पोखराको मुख्य र ब्यस्त सडक न्यूरोडमा अस्फाल्ट पीच सम्पन्न गरेको छ । सभागृहचोक, न्युरोड, बीपी चोक हुँदै महेन्द्रपुलसम्मको तीन किमी सडक अस्फाल्ट प्रविधिबाट कालोपत्रे भइसकेको छ । महानगरले अव चिप्लेढुगा, महेन्द्रपल, हस्पिटलोक अमंरसिह र महेन्द्रपलदेखि महेन्द्र गुफासम्मको सडक अस्फाल्ट पीच गदै छ । न्यूरोडको पीच पुरा गरेको महानगरले अहिले दीपदेखि महेन्द्रगुफा सम्म अस्फाल्ट पीच सुरु गरेको छ । त्यस्तै प्रदेश सकारको लगानीमा लेकसाइडको सडक अस्फाल्ट पीच भएको छ भने सृजचनाचोक देखि राष्ट्रबैकसम्मको सडकमा पनि अस्फाल्ट पीच गरिएको छ ।

पोखरा महानगरपालिकाको बजार क्षेत्रको २७ किमी मुख्य सडकमा अस्फाल्ट प्रविधिबाट कालोपत्रे गरिने छ । यातायातको बढी चाप हुने बजार क्षेत्रमा खाल्डाखुली परेर वर्षेनी सडक जीर्र्ण भएपछि प्रदेश सरकार, पोखरा महानगरपालिका तथा डिभिजन सडक कार्यालयले मुख्य सडकलाई अमेरिकी प्रविधि अस्फाल्ट विधिबाट कालोपत्रे गरिएकोे हो । सडक पाँच सेमी मोटाइको कालोपत्रे गरिएपछि सडक बलियो हुने र खाल्डाखुल्डी नपर्ने दावी गएिको छ । सडकमा वर्षेनी खाल्डाखुल्डी परेर जीर्ण बनेको गुनासा आएपछि महानगरले कम्तिमा पनि पाँच वर्ष खाल्डाखुल्डी नहुने गरी अस्फाल्ट प्रविधिबाट कालोपत्रे शुरु गरेको हो ।

विज्ञको सिफारिसमा बढी चाप हुने सडकमा अस्फाल्ट विधिबाट पीच गर्न शुरु गरेका हौँ महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले भन्नुभयो, लागत बढी पर्ने भए पनि टिकाउ हुने भएकाले अस्फाल्ट पीच गरेका हौ ।” महन्द्रगुफा जाने सडकमा पीच हुदै छ । महानगरले १४ किमी तथा पूर्वाधार कार्यालय र डिभिजन सडकबाट ११ किमी हाराहारीमा सडक स्तरोन्नति भैरहेको छ ।


पृथ्वीचोक, महेन्द्रपुल, केआइसिंह पुलहुँदै महेन्द्र गुफासम्मको सात किमी ४०० मिटर सडकमा दुई किमी अस्फाल्टका लागि महानगरले ठेक्का लगाएकामा बाँकीमा सडक डिभिजनबाट ठेक्का भएको छ । त्यसैगरी जिरो किमी हल्लनचोक शहिदचोक हुदै मुस्ताङचोक सम्मको पाँच किमीमा प्रदेश सरकार मातहतको पूर्वाधार विकास कार्यालयले ठेक्का लगाएर पनि काम भैसकेको छ । महानगरले १४ किमी सडक अस्फाल्ट कालोपत्रेका लागि रु १७ करोड लागतमा ठेक्का सम्झौता गरेको जनाएको छ । महानगरको कामको जिम्मा जिम्मा इलाइट जेभीले पाएको छ ।

पृथ्वी चोक, राष्ट्र बैंक चोक, विरौटासम्म दुई किमी ५०० मिटर, अमरसिँह चोक रानीपौवा हुँदै महेन्द्रपुलसम्म दूई किमी ५०० मिटरमा महानगरले ठेक्का लगाएको र काम शुरु गरिएको महानगरका वरिष्ठ इन्जिीनियर शारदामोहन काफ्लेले बताउनुभयो । बुद्धचोक वन क्याम्पससम्मको दुई किमीमा सडक डिभिजनले काम गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...