खेलकुदमा गण्डकी प्रदेश उत्कृष्ट बन्नुपर्छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, माघ १७ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेशमा खेलकुद पर्यटनको सम्भावना रहेको बताउनुभएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघ(आई.टि.एफ)को आयोजनामा पोखरामा आयोजना भएको तेक्वान्दो सेमिनार तथा बेल्ट टेष्ट कार्यक्रमको समापन कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, ‘गण्डकी प्रदेशमा १२ महिना खेलकुदका गतिविधि सञ्चालन गर्न सकिने भएकाले यहाँ खेल पर्यटनको सम्भावना प्रचुर रहेको छ ।’

मुख्यमन्त्री गुरुङले खेलकुद क्षेत्रको विकासका लागि संस्थागत विकास अपरिहार्य रहेको बताउनुभयो ।‘नेपालमा खेलकुदको संस्थागत विकास हुन सकेको छैन् । संस्थागत विकास नहुदाँ सम्म खेलकुदको विकास सम्भव छैन् ।’ उहाँले नेपाली खेलकुदमा पयाप्त बजेट विनियोजन हुन नसकेको बताउनुभयो ।

खेलकुदको विकासका लागि भौतिक पूर्वाधार चाहिन्छ भन्दै खेलकुदमा बजेट पयाप्त छैन् उहाँले भन्नुभयो, गण्डकी प्रदेशले पनि चाहे जती गर्न सकेको छैन । आगामी बजेटमा व्यवस्था गछौँ ।’ उहाँले गण्डकी प्रदेशको खेलकुदको विकासको आधार तयार गर्ने बताउदै अन्य प्रदेश भन्दा उत्कृष्ट बनाउने छौ भन्नुभयो । उहाँले खेलाडीले खेलकुदबाटै आफनो जीवन निर्वाह गर्नसक्ने अवस्था सृजना गर्नुपर्नेमा जोड दिनुभयो ।मुख्यमन्त्री गुरुङले खेलबाट नामसंगै दाप पनि पाउने वातावरण सृजना गर्नुपर्छ त्यसका लागि प्रदेश सरकारले योजना बनाउने बताउनुभयो ।‘खेलाडीलाई हातमुख जोर्न समस्या नहुने अवस्था सृजना गर्नुपर्छ ।’ कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सम्पन्न श्रेष्ठ, विरोध खतिवडा लगायतले बोलेका थिए ।माघ १६ र १७ गते सेमिनार तथा ब्ल्याक बेल्ट प्रथम, दोश्रो र तेश्रो डानको गे्रडिङ कार्यक्रम सम्पन्न भएको छ । गण्डकी प्रदेश तेक्वान्दो संघका संयोजक घमबहादुर थापा मगरका अनुसार कार्यक्रममा कास्की, बाग्लुङ, स्याङजा, तनहुँ, लमजुङ, नवलपुर, म्याग्दी तथा पर्वत जिल्लाका खेलाडीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...