पोखरा, माघ २० गते ।गण्डकी प्रदेशका आर्थीक मामिला तथा योजना मन्त्री किरण गुरुङले सिमसार क्षेत्र जीवन प्रणालीको एक महत्वपूर्ण अंग रहेको बताउनुभएको छ । “सिमसार र पानी” भन्ने मुलनाराका साथ विश्व सिमसार दिवसको अवसरमा मंगलबार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश र डब्लु। डब्लु। एफ। ले फेवाताल किनारमा अवस्थित माछापुच्छ«े पार्कमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सिमसार क्षेत्र हरेक प्राणीहरुको जिवन पद्धती सँग जोडिएको बताउनुभयो । पृथ्वीमा जीव तथा जीवनको अस्तित्वका लागि सिमसारले अतुलनीय योगदान गर्दै आइरहेको उहाँको भनाई छ ।
सिमसार अत्यन्त उत्पादनशील पारिस्थिकीय प्रणाली भएको चर्चा गर्दै उहाँले सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धनमा लाग्नुपर्नेमा जोडदिनुभयो । मन्त्री गुरुङले उच्च हिमालयको पानीका मूलबाट बनेका वा केही अंश रहेका नेपालका सिमसार क्षेत्रको विशेषता पृथक रहेको चर्चा समेत गर्नुभयो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले पानी तथा सिमसार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न प्रदेश सरकारले तदारुकताका साथ काम गरेको बताउनुभयो । सिमसार क्षेत्र तथा तालहरुको संरक्षण तथा विकास गर्न प्रदेश सरकारले ताल संरक्षण तथा विकास प्राधिकरण गठन गरि काम गरेको बताउदै मन्त्री लम्सालले सिमसारले सामाजिक तथा आर्थीक विकासमा टेवा पु¥याउने बताउनुभयो । सिमसारले बार्षिक ४७ ट्रिलियन अमेरिकी डलर बराबरको सेवा प्रदान गरेको तथा १ अर्ब भन्दा बढी मानिसहरु आम्दानीको स्रोत रहेको भन्दै सिमसारको संरक्षण तथा विकास गर्न प्रदेश सरकार गम्भिर रहेको बताउनुभयो ।
सिमसार क्षेत्रले मानव जीवनको लागि आवश्यक पर्ने आधारभूत आवश्यकताका अतिरिक्त मानव सभ्यता र संस्कृतिको जगेर्ना समेत गर्ने भएकोले यसको संरक्षण गर्नु मानव दायित्व भएको बताउनुभयो ।उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा। महेश्वर ढकालले पृथ्वीमा पानीको संकट दिन प्रतिदिन बढ्दै गएको र यसले मानव जाति र जैविक विविधतालाईनै असर पारेको बताउनुभयो । उहाँले पृथवीले पुनर्भरण गर्ने क्षमता भन्दा मानव जातीले बढी दोहन गरेका कारणले पारिस्थितिकीय प्रणाली र सिमसार क्षेत्रहरु लोपोन्मुख अवस्थामा पुगेकाले यसको संरक्षण र जर्गेना गर्न तर्फ अग्रसरताका साथ लाग्नुपर्नेमा जोडदिनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य द्धय रामजी बराल, राजीव पहारी र जिल्ला समन्वय समितिका प्रमुख बैन बहादुर क्षेत्रीले सिमसार क्षेत्रको जगेर्ना गर्न सबै आ—आफ्नो स्थान बाट लाग्नुपर्नेमा जोडदिनुभयो ।कार्यक्रममा गण्डकी प्रदेश ताल संरक्षण तथा विकास प्राधिकरणका कार्यकारी प्रमुख अनुप गुरुङले सिमसार क्षेत्रको विषयमा प्रस्तुती राख्नुभएको थियो । सोही अवसरमा सिमसार र पानी विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।