पोखरा, माघ २२ गते । पोखराको नयाँ बजारस्थित समाधान मिडिया प्रालिबाट प्रकाशित समाधान राष्ट्रिय दैनिकको कार्यालयलाई बमले उडाइदिने धम्कीप्रति प्रेस संगठन कास्कीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ‘नेकपा विप्लव समूहको सैन्य दलको सदस्य हुँ,’ भन्दै बुधबार समाधान दैनिकको कार्यालयमा फोन गरेर दिइएको धम्कीको संगठनले विज्ञप्ति निकालेर निन्दा र भत्र्सना गरेको छ ।
प्रेस संगठन कास्कीका संयोजक माधव बरालले बिहीबार जारी गरेको विज्ञप्तिमा, मिडियामा प्रकाशित कुनै समाचारमा चित्त नबुझे खण्डन गर्न र कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै पार्टी विशेषको नाम लिएर दिइएको धम्की पे्रस स्वतन्त्रता माथि ठाडो हस्तक्षेप भएको ठहर गरिएको छ ।
नेकपा विप्लव समूहले धम्क्याउने व्यक्ति पार्टीको सदस्य नभएको दाबी गरिरहँदा उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषी उपर कानुनी कारबाही गर्न प्रशासनलाई जोडदार माग संगठनले गरेको छ । ‘कुनै समूह वा व्यक्तिले दिएको यस्तो धम्कीबाट विचलित नभई देश र जनताको पक्षमा निर्भिकतापूर्वक समाचार सम्प्रेषणमा क्रियाशील रहन सबै पत्रकारहरुमा हार्दिक अपील गर्दछौं ।’ संयोजक बरालले जारी गरेको विज्ञप्तिमा भनिएको छ