संवैधानिक निकायमा गरिएका नियुक्ति खारेजीको माग गर्दै सभामुख cसर्वोच्च अदालत पुगेका छन् ।संवैधानिक निकायमा गरिएको सिफारिस र नियुक्ति असंवैधानिक भएकाले खारेजीको माग गर्दै सभामुख सापकोटा रिट निवेदन दर्ता गर्न सर्वोच्च पुगेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानले जानकारी दिए ।
‘असंवैधानिक तरिकाले गरिएका नियुक्ति खारेजीको माग गर्दै रिट निवेदन दर्ता गर्न सभामुखसहित हामी सर्वोच्चमा आइपुगेका छौँ,’ प्रेस सल्लाहकार न्यौपानेले भने ।यसअघि बुधबार संवैधानिक परिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक निकायमा अध्यक्ष र पदाधिकारी नियुक्त गरेकी थिइन् । पद तथा गोपनियताको सपथ लिएसँगै संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुले पदभारसमेत ग्रहण गरिसकेका छन् ।
संवैधानिक निकायको नियुक्ति सिफारिस भएको संसदीय सुनुवाइ हुन नसकेको भन्दै ४३ दिनपछि सभामुख अग्निप्रसाद सापकोटाले नियुक्ति सिफारिसको सक्कल फाइल संवैधानिक परिषद्मैफिर्ता पठाइदिएका थिए ।