पोखरा, माघ २४ गते । पोखराको पर्यटकीय फेवातालको पानी घटेको छ । शनिबार बिहानै तालको पानी घटेको थियो । फेवाताल संरक्षणकै लागि निर्माण गरिएको मर्मतका लागि तालको पानी घटाइएको हो । बाँध जीर्ण अवस्थामा पुगेपछि बाध निर्माणको लागि तालको पानी घटाइएको जलस्रोत तथा सिचाईं डिभिजन कार्यालय कास्कीका प्रमुख किरण आचार्यले जानकारी दिनुभयो ।
गएरातिदेखि तालमा पानीको सतह घटाइएको हो । कार्यालयका अनुसार तालमा पानीको सतह ७ सय ९१ आरएलसम्म झारेर मर्मत कार्य गरिनेछ । तालमा तत्काल पानीको सतह ७ सय ९२ आरएल रहेको छ ।
विंस २०३५ सालमा बनेको उक्त बाँधको तलको गेट र रम्बर मेन्टेनसन गरेपश्चात तालमा पानीको सतह पुनः पहिलेको अवस्थामा ल्याइने छ । आचार्यका अनुसार तालमा पानीको मात्रा करिब १ महिनासम्म घटने छ । मर्मतको काम सकिएपछि पुनः फिर्के र सेतीको पानीको ड्राइर्भट गरेर तालमा ल्याइने बताइएको छ ।