तालको पानी घटेको मौकामा बाटो खनियो

पोखरा, माघ २७ गते । पोखराको पर्यटकीय फेवातालमा पानी सुकेको छ ।तालको बाँध निर्माण गर्न पानी घटाएको छ । तालबाट ५ करोड ८० लाख लिटर पानी घटेको छ । पानी घटेपछि फेवाताल पुग्नेहरु अचम्मित भएका छन् तर त्यही मौकालाई प्रयोगत गदै केहीले जग्गा पुर्ने र बाटो बनाउने रुपमा प्रयोग गरेका छन् ।


बाँध तथा नहर मर्मत गर्न पानीको मात्रा घटाइएकै क्रममा पोखरा १८ घाँटीछिनामा बाटो खनिएको छ । स्थानीय हुमबहादुर थापा र सन्तोष थापाले आइतबार राति बिना इजाजत बाटो खनेको पाइएपछि नियन्त्रणमा लिइएको वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।‘राति करिब ८ बजेतिर उनीहरुले डोजर प्रयोग गरेर बाटो नै खनिसकेछन् । हामीले बिहानमात्रै थाहा पायौं,’ वडाध्यक्ष थापाले भने, ‘पछि उनीहरुलाई बैदाम प्रहरी कार्यालयले नियन्त्रणमा लिइसकेको छ ।’


उनीहरुलाई थप कारबाही गर्न महानगरलाई पनि जानकारी दिइसकेको वडाध्यक्षले जानकारी दिएका छन ।उनीहरुले बाटो खन्दा सार्वजनिक बाटोको पिच नै भत्काएको वडाध्यक्ष थापाले जानकारी दिए । ‘बाटो बनाउँदा अर्को बाटोको पिच नै भत्काएका छन । पिच भत्किँदा करिब ३ लाख ११ हजार रुपैयाँ नोक्सान हुन गएको देखिएको छ,’ उनले भने, ‘सो रकम उनीहरुबाटै जफत गर्ने गरी कारबाही गर्ने तयारी गर्दैछौं ।’ वडा अध्यक्ष थापाले महानगरका प्राविधि लगेर बाटोमा वाल निर्माण लगायतको लगत स्टीमेट गरेका छन् । त्यो सबै पैशा उनीहरुबाट भराउने सहमतीमा मात्रै रिहा गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...