टाइगर कप क्लब च्याम्पियनसिप भलिबल सुरु,न्यू डामण्ड र नेपाल पुलिसका दुवै टिमको विजयी सुरुवात

पोखरा, माघ २७ गते । पोखरा मंगलबादेखि क्लब च्याम्पियनसिप टाईगर कप आमन्त्रण राष्ट्रिय महिला÷पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । पोखरा रंगशालाको भलिबल कोर्टमा भएको महिला तर्फको उदघाटन खेलमा न्यू डायमण्डा एकेडेममीले नेपाल आर्मी क्लबलाई ३–२ सेतमा पराजित गदै विजयी सुरुवात गरेको छ । प्रतियोगितामा आर्मीले दोस्रो र तेस्रो सेट आफनो पक्षमा पार्दै जितको सम्भावना देखाएपनि अन्तत डायमण्ड एकेडेमीलाई नजिता सुम्पन बाध्य भयो । न्यू डायमण्डले नेपाल पुलिसलाई २५–१२, २७–२५,१५–१३, २५–२३,२५–१८ को सेटमा पराजित ग¥यो ।


अर्को खेलमा नेपाल पुलिस क्लबले नशसस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित ग¥यो । पहिलो सेट निकै प्रतिस्पर्धात्मक भएपनि पुलिसले २६–२४को सेटमा नतिजा आफनो पक्षमा पार्न सफल भयो । दोस्रो सेट पछि नेपाल पुलिसले अग्रता लिदैं २५–२२ को स्थितिमा आफनो पक्षमा पार्दै एपीएफ विरुद्ध जित बाटो समात्यो । अन्तिम सेट पनि एपीएफलाई कुनै मौका नै नदिई पुलिसले २५–११ को सेटमा पराजित गर्दै पहिलो खेलमा सुखद शुरुवात गर्यो ।

यता पुरुषको पहिलो खेलमा नेपाल पुलिसले गण्डकी प्रदेशलाई सोझो सेटमा पाखा लगायो । पुलिसले गण्डकीलाई २७–२५,२५–२१, २५–२२ को सेटमा पाखा लगाउदै विजयी सुरुवात गरेको छ । फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता महिला तथा पुरुष टोलीलाई नगद १ लाख ५० हजार रुपैयाँको पुरस्कार राशीसहित ट्रफी तथा पदक एवं प्रमाणपत्र प्रदान गरिने छ । उपविजेताले महिला तथा पुरुष टोलीले नगद ७५ हजार रुपैयाँ, तेस्रो हुने टोलीलाई भने ३५ हजार राशीको नगदपुरस्कार प्रदान गरिने छ । सान्त्वना पुरस्कार १५र१५ हजार रुपैयाँ प्रदान गरिने छ । महिला तथा पुरुष तर्फ उत्कृष्ट खेलाडीलाई नगद २० हजार प्रदान गरिने छ । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर र उत्कृष्ट स्पाईकरलाई नगद ५र५ हजार रुपैयाँ प्राप्त गर्ने छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...