पोखरा महानगरपालिको नगरसभाबाट ६ वटा ऐन र १७ विधेयक संसोधन

पोखरा, माघ २८ गते । पोखरा महानगरपालिकाको आठौं नगर सभा (विधान सभा) २०७७ सम्पन्न भएको छ । नगरसभाले उपप्रमुख मञ्जुदेवी गुरुङले प्रस्तुत गर्नुभएको वार्षिक बजेट २०७७÷०७८ परिमार्जन गर्ने सम्बन्धी र अस्थायी÷करार÷ज्यालादारी कर्मचारीको अवकास सुविधा सम्बन्धी विशेष प्रस्तावे सर्वसम्मतले पारित गरेको छ ।

त्यस्तै नगर सभामा ६ वटा नयाँ विधेयक र १७ वटा विधेयक नियमावली व्यापक छलफल गरी नगरसभा सदस्यहरुले दिएका सुझावलाई समेट्ने गरी सर्वसम्मतले पारित भएको पोखरा महानगरका प्रवत्ता धनबहादुर नेपालीले जानकारी दिनुभएको छ । पोखरा महानगरपालिकाका विधायन समितिका संयोजक शोभामोहन पौडेलले महानगर कार्यपालिकाको ४६ औं पूर्ण बैठकमा नयाँ ऐन र नियमावली संसोधनको प्रस्ताव प्रस्तुत गरेपछि बैठकले उक्त प्रस्तावलाई नगर सभामा पेश गर्ने निर्णय गरेको थियो ।

पोखरा महानगरपालिकाको आठौं नगर सभाबाट पोखरा महानगरपालिका कृषि विधेयक, पूर्वाधार विकास निगम विधेयक, वातावरण तथा प्राकृतिक स्रोत संरक्षण विधेयक, पर्यटन विधेयक, विपत् जोखिम, न्यूनीकरण तथा व्यवस्थापन विधेयक, गैरसरकारी संस्था सम्बन्धी विधेयक पारित भएका छन् ।

नगर सभामा संसोधनका लागि प्रस्तुत भएका पोखरा महानगरपालिका आर्थिक कार्यविधि ऐन (पहिलो संसोधन), गण्डकी बहु प्राविधिक शिक्षालय ऐन (पहिलो संसोधन), कर तथा गैरकर राजश्व सम्बन्धी ऐन (पहिलो संसोधन), खेलकुद विकास ऐन (पहिलो संसोधन), पोखरा महानगरपालिकाको पूर्वाधार विकासलाई व्यवस्थापन गर्न बनेको ऐन (पहिलो संसोधन), कृषि व्यवसाय प्रवद्र्धन ऐन ( पहिलो संसोधन), सहकारी ऐन (पहिलो संसोधन), पोखरा महानगरपालिका सुशासन ऐन(पहिलो संसोधन) कार्यविभाजन नियमावली (पहिलो संसोधन), कार्यसम्पादन नियमावली (पहिलो संसोधन), नगरकार्यपालिका निर्णय आदेश र अधिकार पत्रको प्रमाणीकरण (पहिलो संसोधन) पारित भएको छ ।

त्यस्तै नगर प्रहरी ऐन (पहिलो संसोधन), पोखरा महानगरपालिका फोहोरमैला व्यवस्थापन ऐन (पहिलो संसोधन), बालबालिकाको अधिकार व्यवस्थित गर्न बनेको ऐन (पहिलो संसोधन), सार्वजनिक निजी साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक (दोस्रो संसोधन), सहरी योजना अयोग गठन नियमावली (दोस्रो संसोधन), न्यायिक समिति कार्यविधि सम्बन्धि ऐन (दोस्रो संसोधन ) पारित भएका छन् । माघ २५ देखि २७ गते सम्म भएको नगर सभा (विधान सभा)को पोखरा महानगर प्रमुख मानबहादुर जिसीको अध्यक्षतामा भएको थियो । पोखरा महानगरपालिकाका तर्फबाट बुधबार प्रवत्ता धनबहादुर नेपालीले एक विज्ञप्ति प्रकाशित गदेै पोखरा महानगरपालिकाको आठौँ नगरसभालाई सफल बनाउन सहयोग गर्नुहुने सम्पूर्ण जनप्रतिनिधिहरु, कर्मचारी वर्ग, पत्रकार, लगायत प्रत्यक्ष तथा परोक्ष रुपमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक आभार व्यक्त गर्नुभएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...