केटु हिमालका आरोहीलाई गणेश भट्टराईको सम्मान

पोखरा माघ २८ गते । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जा ‘निम्स’ सहित १० नेपाली आरोही समूहलाई लेकसाइडका पर्यटन व्यवसायी गणेशबहादुर भट्टराईले सम्मान गरेका छन् ।

लेकसाइडमा बुम¥याङ रेस्टुरेन्ट चलाएका व्यवसायीले भट्टराइले साहसिक आरोहणमा नाम लेखाएको भन्दै आरोहीलाई सम्मान गरेका हुन् ।आरोहीका लागि सम्मान कार्यक्रम राखेका भट्टराइले नेपाल र नेपालीको शीर उच्च हुनेगरि नाम राख्न सफल भएको भन्दै आरोहीप्रति समग्र नेपाली नागरिकको सम्मान रहेको बताए ।

 

पुर्जा सहितका १० जना आरोहीले हालैमात्र उक्त हिमाल आरोहणमा कीर्तिमान कायम गरेका हुन् । उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो ८६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् ।आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।

टोलीले हिउँद याममा माघ ३ गते शनिवार साँझ करिब ५ः४५ बजे केटु शिखर चुम्दै कीर्तिमान बनाएको हो । यसअघि पनि उनीहरुलाई पोखरामा पर्यटन व्यवसायीले नागरिक अभिनन्दन गरेका थिए ।सोही अवसरमा धम्पुस पिक ६०१९) आरोहण गरेका गण्डकी प्रदेशका ६ जना आरोहीलाई पनि सम्मान गरेका थिए । टोलीमा रहेका टासी पासाङ्ग, मन गुरुङ्ग, सनकुमार जुग्जाली, दिपेशबाबु सुवेदी, सुदिप गौतम र हिराकुमारी मल्लले माघ ३ गते सफल आरोहरण गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...