काठमाडौं, माघ ३० गते । जनता समाजवादी पार्टी (जसपा) का मुस्लिम विभाग इन्चार्ज तथा संविधानसभाका पूर्व सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । शुक्रबार विहान उहाँलाई प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गर्नुभयो ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेता हवारी नेकपामा प्रवेश गर्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । पूर्व माओवादी नेता रहनुभएका हवारीले देशलाई सही दिशा दिनसक्ने पार्टी नेकपा रहेको ठहर गर्दै आफू नेकपामा प्रवेश गरेको बताउनुभयो । शहरी विकास मन्त्री प्रभु साहको पहलमा नेता हवारी नेकपामा प्रवेश गर्नुभएको बताइएको छ ।