पोखरा,फागुन ३\ प्रधानमन्त्री के पि ओलि अध्यक्ष रहेको नेपाल कम्युनिस्ट पार्टी ( नेकपा)ले फागुन १३ गते पोखरामा बृहत मोटरसाइकल रयाली गर्ने भएको छ। प्रधानमन्त्री ओलिले फागुन १५ गते सम्बोधन गर्ने गण्डकी प्रदेश स्तरिय आमसभाको पुर्ब तयारी स्वरुप मोटरसाइकल रयाली गर्न लागिएको हो।
आमसभा सफल पार्न गठित स्वयंसेवक परिचालन समितिको आयोजना सो रयाली गर्न लागिएको समितिका सम्योजक तथा उक्त पार्टिका केन्द्रिय सदस्य राजिब पाहारिले जानकारी दिए। उनले रयालिमा १० हजारको संख्यामा मोटर साइकल निकाल्ने तयारी भएको भन्दै सहभागीताको लागि सम्पुर्णमा अपिल गरेका छ्न।
मंगलबार पोखरामा सम्पन्न स्वयंसेवक परिचालन समितिको बैठकमा बोल्दै पहारिले प्रधानमन्त्रीले संसद भङ्ग गर्नु संबैधानिक कदम भएको भन्दै रास्ट्र,रास्ट्रीयता र लोकतन्त्रको निम्ति निर्बाचन अपरिहार्य तत्व भएको जिकिर जिकिर गरे। पहारिले हिम्मत भए प्रचण्ड माधब समुहलाइ चुनाबमार्फत जनताबाट अनुमोदित हुन समेत चुनौती दिए। सो समितिका सह संयोजक तथा रास्ट्रीय युबा संघका उपाध्यक्ष सन्तोष रावलले फागुन १३ गते दुइबजे पोखराको अमरसिंह चौरबाट शुरु हुने मोटरसाइकल रयाली ऎतिहासिक हुने दाबी गरे।
समितिकै कार्यालय ब्यबस्थापक बाल्कृष्ण काउछाले प्रधानमन्त्रीको कदम प्रतिगामी भन्नेहरुलाइ फागुन १५ को आमसभा र जनताको व्यापक सहभागिताले स्वत: जबाफ दिने जिकिर गरे। उनले १४ गते करिब हजार युबा स्वयंसेवकहरुले पोखराको सभागृहबाट मार्चपासमा सहभागिता जनाउने उल्लेख गरे।