म्याग्दीका दुवै टिम मुख्यमन्त्री कप भलिबलको क्वाटरफाइलनमा

पोखरा, फागुन ५ गते । पोखरामा जारी मुख्यमन्त्री कप भलिबल प्रतियोगितामा म्याग्दी जिल्लाका दुवै टिम क्वारटफाइलन प्रवेश गरेका छन् । बुधबार पोखरा रंगशालाको भलिबल कोर्टमा सम्पन्न खेलमा म्याग्दीले दोहोरो जित निकाल्दै प्रवेश गरेको हो । म्याग्दीले बाग्लुङ र लमजुङलाई पराजित गर्दै क्र्वाटर फाईनल प्रवेश गरेको हो ।

कास्की जिल्ला भलिबल संघको आयोजनामा सञ्चालित खेलमा म्याग्दीले पहिलो खेलमा बाग्लुङलाई २५–१७, ,२१–२५ र २५–१७ को सेटमा पराजित गरेको हो । दोस्रो खेलमा म्याग्दीले लमजुङमाथि सोझो सेटको जित निकाल्ने क्रममा २५–१३ र २५–१४ को नजिता निकाल्यो ।

 

पुरुष तर्फकै अर्को प्रतिस्पर्धामा पवर्तले तनहुँमाथि २–१ सेटले पराजित गर्यो । पहिलो सेट २४–२६ ले गुमाएको पर्वतले दोस्रो र तेस्रो सेटमा भने २५–१७ र २५–१६ ले लिदैं जित पक्का गरेको थियो । पर्वतले पनि दोस्रो जिन निकाल्ने क्रममा मुस्ताङमाथि सोझो सेटले पराजित गर्दै क्र्वाटरफाईनल प्रवेश गर्यो । पहिलो सेट २५–९ मा लिएको पर्वतले दोस्रो सेट भने २५–१३ मा लिन सफल भयो । यस्तै महिला तर्फ महिला तर्फ सम्पन्न तिन खेलमा वागलुङ, कास्की र तनहुँले विजयी बनेका छन । वागलुङले लमजुङलाई २८–२६ र २५–०६ ले, कास्कीले मुस्ताङलाई २५–११ र २५–०७ ले र तनहुँले वागलुङलाई प्रतिष्पर्धात्मक खेलमा २५–२०, २५–१० र २५–१८ ले पाखा लगाउँदै क्वाटरफाइनलमा स्थान पक्का गरेका छन ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...