पोखरामा दुई दिने मेकअप, स्क्रीन र हेयर सम्वन्धि सेमिनार सम्पन्न

पोखरा, फागुन ६ गते । ब्यूटी पार्लर व्यवसाय सम्वन्धि दुई दिने सेमिनार पोखरामा सम्पन्न भएको छ । काठमाडौमा रहेको स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ्ग सेन्टरको आयोजना र पोखराको विरौटामा रहेको शिसिर ब्यूटि पार्लर एण्ड टे«निङ्ग सेन्टरको व्यवस्थापनमा बुधबार र बिहिबार दुई दिन सेमिनार सम्पन्न भएको हो ।

सेमिनारमा मेकअप, स्कीन र हेयर सम्वन्धि सीपका बारेमा प्रशिक्षण गराइएको स्थानीय व्यवस्थापक शिसिर थापा गोदारले जानकारी दिनुभयो । स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ्ग सेन्टर काठमाडौका ब्यूटिसियन तथा मेकअपका आटिर्स रुस्का बैद्य श्रेष्ठले प्रशिक्षण गराउनु भएको थियो ।


ब्यूटीपार्लरमा आउने सेवाग्राहीलाई मेकअप, स्क्रीन र हेयरका बारेमा सैद्धान्तिक ज्ञानहरु बारे जानकारी गराएको प्रशिक्षक श्रेष्ठले बताउनुभयो । ब्यूटिसियनहरुलाई टेक्निकल नलेजको बारेमा ज्ञान होस भन्ने उद्देश्यले सेमिनार आयोजना गरेका हौ श्रेष्ठले भन्नुभयो, ‘अनुहारमा मेकअप गर्दा कसरी गर्ने, कस्तो क्रिमहरुको प्रयोग कसरी गर्ने, कपालको उपचार कसरी गर्ने भन्ने बारेमा सैद्धान्तिक ज्ञानका बारेमा दुई दिन प्रक्षिण गराएका हौ ।’

 

प्रशिक्षक श्रेष्ठले सिटिईभिटिले सञ्चालन गर्ने परिक्षामा सहभागी हुदाँ समेत सहज होस भन्ने उद्देश्यले सेमिनार आयोजना गरेको बताउनुभयो । आफनो पेशामा ब्यवसायीहरु दक्ष हुनुपर्छ भन्ने मान्यताले हामीले पोखरामा कार्यक्रम आयोजना गरेका हौ श्रेष्ठले भन्नुभयो । पहिलो पटक स्कुल अफ ब्यूटिसियन आईटिसि स्कील डेभलप्मेन्ट ट्रेनिङ्ग सेन्टरले पोखरामा सेमिनार आयोजना गरेको हो ।श्रेष्ठ विगत १८ वर्षदेखि ब्यूुटिसियन पेशामा आवद्ध हुनुहुन्छ भने लायन्स क्लब हिमचुली काठमाडौको अध्यक्ष भएर सामाजिक सेवामा सक्रिय हुनुहुन्छ । सेमिनारमा कास्की, स्याङजा, तनहुँ, लमजुङ, पर्वत लगायत जिल्लाका ३७ जना ब्यूटिसियनको सहभागीता रहेको स्थानीय व्यवस्थापक शिसिर थापा गोदारले जानकारी दिनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...