केपी ओली सरकारले भूमिहीनलाई लालजपुर्जा दिन्छ ः अध्यक्ष वैरागी

पोखरा, फागुन ९ गते । भूमि सम्बन्धी आयोग कास्कीका अध्यक्ष दामोदर बैरागीले केपी ओली नेतृत्वको सरकारले भूमिहीनहरुको समस्यालाई समाधान गर्ने बताएका छन् ।नेकपा पोखरा ३१ को कार्यकर्ता भेलामा बोल्दै नेकपा केन्द्रिय सदस्य समेत रहेका उनले अब कोही पनि भुमिहीन नहुने दाबी गरे ।


बिगतमा लालपुर्जा बाँड्छु भन्दै धेरैले जनतालाइ ढाटेको भन्दै अब केपि ओलिको सरकारले लालपुर्जा दिने उनको बताए । नेता वैरागीले चुनावमा जाने कुरा प्रतिगामी हुनै नसक्ने बताए ।

‘ताजा जनादेशका लागी जनताको बिचमा जाने विषय प्रतिगामी हुनै सक्दैन’,उनले भने,‘अब देश चुनावी माहोलमा होमिसक्यो चुनावको तयारीमा लागौं’ ।नेकपा वडा नं ३१का अध्यक्ष गणेश थापाले आगामी फागुन १५ गते अमरसिंह चौरमा हुने बृहत आमसभालाई सफल बनाउन सबै आ आफ्नो ठाउँबाट लाग्नुपर्ने भनाइ राखे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...