पोखरा, फागुन १० गते । गण्डकी प्रदेशका मुख्मन्त्री पृथ्वीसुब्बा गुरुङले नेताहरुको ब्यत्तिगत स्वार्थका कारण नेकपामा संकट पैदा भएको बताउनु भएको छ । युवा संघ कास्कीले आयोजना गरेको कास्की जिल्ला युवा भेलालाई सम्वोधन गदै उहाँले सरकारका विरुद्धमा आफनै पार्टीभित्र रहेका पदलोलुपहरुले प्रधानमन्त्री हटाउन खोजेका कारण नेकपा विवादमा फसेको बताउनुभयो ।
नेपाली जनताले दिएको दुई तिहाईको सरकार हटाएर देशमा राजनीतिक अस्थिरता ल्याउन खोजेका कारण प्रधानमन्त्रीले बाध्य भएर प्रतिनिधि सभा विघटन गरेको बताउनुभयो ।जनताले देशमा स्थिरता, विकास र समृद्धिको चाहना राखेर नेकपालाई दुई तिहाईको मत दिएका थिए उहाँले भन्नुभयो, ‘तर पार्टीभित्रकै नेताहरुलाई पद चाहिएका कारण अविस्वासको प्रस्ताव ल्याएर अस्थिरता मच्चाउने प्रयास भएपछि संसद विघटन बाध्यात्मक बन्यो ।’ उहाँले पार्टीभित्रबाटै सरकारलाई घेराबन्दीमा पारेर काम गर्न नदिने वातावरण सृजना भएको बताउुनभयो ।
पार्टी एकतामा भएको भागबण्डाका कारण सरकारमा आफनो भाग खोजेर तीन वर्षसम्म संवैधानिक निकायमा नियूक्ती गर्न नदिने काममा पार्टीका नेताहरु लागेको उहाँको भनाई थियो । मुख्यमन्त्री गुरुङले आवश्यक कानुन निर्माणका लागि संसदमा जान नदिइ रोक्ने र सरकारको सधै विरोध गर्ने काम नेकपाकै नेताहरुबाट भएका कारण बाध्य भएर संसद विघटन भएको बताउनुभयो । उहाँले फागुन १५ गते गण्डकी प्रदेशमा जनसभा मार्फत संविधानको रक्षा र प्रभावकारी कार्यान्वयन गर्न, राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको रक्षा, विकास र समृद्धिको महानअभियानलाई निरन्तरता, राजनीतिक स्थिरताको लागि ऐक्यबद्धता जनाउन गण्डकी प्रदेशका जनताले साथ दिने बताउनुभयो ।
उहाँले नयाँ जनादेश लिने प्रधानमन्त्रीको ओलीको निर्णयको स्वागत गदै ऐक्यबद्धता जनाउन सभाको आयोजना गरिएको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओली नेतृत्वको वर्तमान सरकारले जस्तो सफलता अहिलेसम्मका कुनै सरकारले सफलता प्राप्त गर्न सकेका छैनन् उहाँले भन्नुभयो, राष्ट्रियता, भौगोलिक अखण्डताका पक्षमा काम गरेका कारदुई तिहाई प्राप्त प्रधानमन्त्रीलाई हटाउने प्रयासमा लागेको बताउनुभयो ।
नेकपा गण्डकी प्रदेश सहइन्चार्ज खगराज अधिकारीले निर्वाचन प्रतिमन नभई अग्रगमन भएको बताउदै उहाँले अहिले नेताहरु उपचार गराउन दिल्लि गएको प्रसंगमा भन्नुभयो, तपाईहरुको उपचार दिल्लिमा गर्नुस तर देशको उपचार भारतबाट गर्न खोजिए त्यसको प्रतिवाद गरिने बताउनुभयो । कार्यक्रममा नेकपा केन्द्रीय सदस्य कृष्ण थापा, राजिव पहारी, नेकपा गण्डकी प्रदेश सचिव गोविन्दबहादुर नेपाली,दामोदर बैरागी, हिरा गिरी, युवा संघका केन्द्रीय सचिव महेन्द्र गुरुङ, सचिव हरि लम्साल लगायतले एकता र समृद्धि विरोधीहरुले पार्टीमा विभाजन ल्याउन खोजेको आरोप लगाउदै आमसभालाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न युवाहरुको भुमिका महत्वपूर्ण रहेको बताउनुभयो । कार्यक्रम युवा संघ कास्कीका नेता डिल्लीराम सुवेदीको अध्यक्षतामा भएको थियो भने सञ्चालन पानबहादुर जिसी र स्वागत युवा नेता शंकर पौडेलले गर्नुभएको थियो ।