काठमाडौं, फागुन १३ । नेपाल कम्युनिस्ट पार्टी (नेकप) ओली समूहकी नेत्री शान्ता चौधरीले प्रचण्ड( नेपालप्रति लक्षित गर्दै पछि झल्याँस्स हुनुभन्दा अरू केही बाँकी नरहेको टिप्पणी गर्नुभएको छ ।
बिहीवार एक ट्वीट गर्दै नेत्री चौधरीले प्रचण्ड नेपालको अनुहारमा कुनै चमक नदेखिएको समेत बताउनुभएको हो । आफ्नै घर जलाएर पुरै खरानी बनाइसकेर त्यही खरानी धसेर बिजय जुलुस निकाल्दै लड्डु खाँदै हिँड्दा उनीहरूको मनमा कुनै आत्मग्लानि नभएको समेत उहाँको भनाइ छ ।
उहाँले भन्नुभएको छ । ‘तर पनि अनुहारमा कुनै चमक देखिएन अब बिस्तारै त्यो खरानीले भत्भती पोल्ने दिन आउला अनि त्यसपछि झल्याँस्स हुनुभन्दा के बाँकी रहने भयो र ।