कांग्रेस नेतृत्वको सरकारमा गए विरोध रहन्छ लालबाबु

विराटनगर । पार्टी विभाजनपछि कतै नलागी बसेका पूर्वमन्त्री तथा नेकपा नेता लालबाबु पण्डितले कांग्रेसको नेतृत्वमा सरकार बनाउन जाने प्रचण्ड-माधव पक्षको तयारीप्रति असहमति जनाएका छन् ।

सर्वोच्च अदालतको फैसलापछि विराटनगरबाट काठमाडौं पुगेका पण्डितले बहुमतप्राप्त पार्टीले कांग्रेसको नेतृत्वको सरकार बनाउन जान नहुने बताए । उनले पार्टी एकताको सम्भावना समाप्त नभएकोले आफू अझै सोही अभियानमा लाग्ने जनाए ।

 

पण्डितले भने-वहमतप्राप्त पार्टीले अर्कोलाई प्रधानमन्त्री बनिदेऊ भन्दै जानु दुर्भाग्यपूर्ण हो । यो जनमतको अपमान समेत भएकाले म यसको विपक्षमा उभिन्छु र नेतृत्वलाई बेलैमा जानकारी गराउन चाहान्छु ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...