पोखरा, फागुन १४ गते ।नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) ओली समुहले गण्डकी प्रदेशस्तरीय कार्यकता भेला आयोजना गर्ने भएको छ । फागुन १७ गते पोखरामा भेला गर्ने निर्णय भएको छ ।
भेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने भएको हो । पार्टीभित्रको विवाद उत्पन्न भएपछि गत पुस ५ गते प्रतिनिधि सभा विघटन भएपछि नेकपा दुई समुहमा विभाजित भएको छ । एउटा समुहको नेतृत्व केपी ओली र अर्को समुहको नेतृत्व प्रचण्ड माधव नेपालले गर्नुभएको छ । प्रतिनिधि सभा विघटन सर्वोच्च अदालतले पूर्नस्थापना गरेको छ ।
प्रतिनिधि सभा पूर्नस्थापना भएपछि फागुन १५ गते पोखराको अमरसिंहचौरमा गर्ने भनिएको जनसभा स्थगित गरिएको थियो । संसद पूर्नस्थापना भएपछि काठमाडौ बाहिरको पहिलो कार्यक्रममा ओली सहभागी हुनुहुने छ । संसद पूर्नस्थापना,पार्टीको अवस्था र भुमिका लगायतका बारेमा ओलीले कार्यकतालाई जानकारी गराउनुहुने छ ।
संसद विघटनपछि अव देश कसरी अगाडी बढछ र अध्यक्ष एवं प्रधानमन्त्रीको भुमिका कस्तो ? हुन्छ भन्ने बारेमा नेकपा ओली र प्रचण्ड माधव समुहसंगै गैर कम्यूनिष्टहरुका वीच चासोको विषय बनेको छ । पोखरामा आयोजना हुने बेलामामा ओलीले कार्यकतालाई आफनो आगामी योजना बारे बताउने अपेक्षा गरिएको छ । कार्यकता भेला भब्य बनाउने गरी गण्डकी प्रदेश कमिटि जुटेको छ ।