पोखरा, फागुन १४ गते ।कास्कीको रुपा गाँउपालिकाले आफनो स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने भएको छ ।स्थापना दिवसका अवसरमा भलिबल प्रतियोगिता, माला प्रतियोगिता, झाँकी प्रतियोगिता स्रष्टा सम्मान लगायतका कार्यक्रम गरी स्थापना दिवस मनाइने शुक्रबार पोखरामा पत्रकार सम्मेलनमा गाँउपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो ।
स्थापना दिवसका अवसरमा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । भलिबलको विजेताले नगद ८० हजार, उपविजेताले ६० हजार, तृतियले ४० हजार र सान्त्वनाले ३० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगितामा बेष्ट स्पाइकर, सर्भर, ब्लकर, सेटर र लिब्रोलाई नगद ३ हजार र बेष्ट प्लेयरलाई ५ हजार सहित मायाको चिनो प्रदान गरिने अध्यक्ष ओझाले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
त्यस्तै झाँकी प्रतियोगितामा विजेताले ३५ हजार, उविजेताले २० हजार र तृतियले १५ हजार रुपैयाँ प्राप्त गर्ने छन् । त्यस्तै माला प्रतियोगितामा प्रथमले ४ हजार, द्धितियले ३ हजार र तृतियले २ हजार रुपैयाँ प्राप्त गर्ने छन् । खेलकुद प्रतियोगिता सम्पन्न गर्न गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङको संयोजकत्वमा मुल समिति गठन गरिएको छ ।
त्यस्तै गाँउपालिकाले राष्ट्र निर्माण र रािष्ट्रयताको संरक्षण र सम्वद्र्धनमा योगदान पुर्याउने गाँउपालिकाभित्रका स्राष्टा(साहित्यकार, लेखक, खेलाडीहरुलाई स्थापना दिवसका दिन ताम्रपत्र, दोसल्ला र गनद १५ हजार एक सय एक रुपैयाँ सहित सम्मान गर्ने गाँउपालिका अध्यक्ष नवराज ओझाले बताउनुभयो ।