पत्रकार महासंघ गण्डकीको भवन उद्घाटन , पत्रकार महासंघलाई साझा संस्था बनाऔँ ःअध्यक्ष आचार्य

पोखरा, फागुन १४ गते । नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले नेपाल पत्रकार महासंघलाई साझा संस्थाका रुपमा अगाडी बढाउदै यसको गरिमा र प्रतिष्ठालाई कायम राख्नुपर्ने बताउनुभएको छ । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश कार्यालय भवनको शुक्रबार पोखरामा उद्घाटन गदै अध्यक्ष आचार्यले भन्नुभयो, ‘यो साझा संस्था हो । यहाँ कुनै पक्षको मात्र हुने अवस्था हुन नदिने र साझा ढंगले सवैलाई समेटेर अगाडी बढनुपपर्छ ।’

उहाँले पत्रकार महासंघमा सबैलाई अटाउने गरी नेतृत्व चयन गरेर साझा बनाउनुपर्नेमा जोड दिदै भन्नुभयो, ‘पत्रकार महासंघमा आउनेहरुले साझा भुमिका खेल्नुपर्ने र यहाँ आएपछि राजनीतिक विचार र आस्थाका आधारमा नभई स्वतन्त्र रुपमा काम गर्नुर्ने सोच राखेर आउनुुस ।’ उहाँले महासंघ साझा चरित्रको हुनुपर्छ भन्दै तीनै तहको निर्वाचनको तयारीमा केन्द्रीय समिति जुटेको बताउनुभयो । निर्वाचन सफल पार्र्न सवैलाई उहाँले आग्रह गर्नुभयो । चैत १६ गते पत्रकार महासंघको स्थापना दिवसको अवसरमा तीन तहका समितिको पदस्थापन गर्ने गरी निर्वाचन हुन्छ अध्यक्ष आचार्यले भन्नुभयो ।

पत्रकार महासंघ गण्डकीका अध्यक्ष त्रिभुवन पौडेलले देश संघीय संरचनामा गएपछि त्यसको कार्यान्वयन गदै संस्थापक अध्यक्ष हुन पाएको प्रति खुशी ब्यक्त गदै भवन निर्माणमा सहयोग गर्ने सबैप्रति आभार ब्यक्त गर्नुभयो ।पत्रकार महासंघको भवन नेपाल पत्रकार महासंघ कास्कीको भवन रहेकै माथिल्लो तलामा निर्माण गरिएको हो ।

गण्डकी प्रदेश सरकार कानून मन्त्रालयको १५ लाख, सांसद विद्या भटराई पूर्वाधार विकास कार्यक्रम अन्र्तगतको १० लाख र कार्यसमितिका पदाधिकारी र सदस्यहरुबाट रकम संकलन गरेर करिव ३५ लाखको लागतमा भवन निर्माण सम्पन्न भएको भवन निर्माण समितिका संयोजक इन्द्रप्रसाद पौडेलले बताउनुभयो । भवन उद्घाटन कार्यक्रममा सांसद विद्या भटराई अधिकारी, पत्रकार महासंघका केन्द्रीय सदस्यद्धय रामकृष्ण ज्ञवाली, नविन कुईकेल, पत्रकार महासंघका गण्डकी प्रदेश उपाध्यक्ष शान्ति गुरुङ, महासचिव गणेश पौडेल लगायतले बोल्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...