टाइगर कप भलिबलबाट १९ लाख ३० हजार बचत

पोखरा, फागुन १५ गते । पोखरामा सम्पन्न टाइगर कप क्लब स्तरीय भलिबल प्रतियोगिताको आयब्यय सार्वजनीक गरिएको छ । आयोजक टाइगर ग्रुप पोखराले गत माघ २७ गतेबाट फागनु १ गते पोखरा रंगशालामा सम्पन्न महिला तथा पुरुष भलिवल प्रतियोगिताबाट १५ लाख बढि बचत भएको जनाएको छ । शनिबार आयोगक टाइगर ग्रुपले एक पत्रकार सम्मेलन गरेर १९ लाख ३० हजार ४१ रुपैयाँ बचत भएको जनाएको हो ।


ग्रुपका अध्यक्ष नारायण प्रसाद शर्माले प्रतियोगितामा ५४ लाख ४१ हजार ८३५ आम्दानी भएको र ३५ लाख ११ हजार ७ सय ९४ रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । प्रतियोगितामा टिकट विक्रीबाट १० लाख ५५ हजार रुपैयाँ आम्दानी भएको छ । भलिबल प्रतियोगितामा टिकट विक्रीबाट यति धेरै रकम संकलन भएको पहिलो हो । क्लबले टिकट विक्रीका लागि दोश्रो पक्षलाई जिम्मा दिएको थियो । प्रतियोगिताको फाइनलमा मात्रै ७ लाख ८० हजारको टिकट विक्री भएको थियो । करिव १५ लाख रुपैयाँ बराबरको टिकटबाट आम्दानी भएपनि आयोजकले १० लाख ५५ हजारमा सम्भौता गरेको थियो । प्रतियोगिताबाट बचत रकम सामाजिक क्षेत्र, भलिबलको क्षेत्रमा खर्च गरिने अध्यक्ष शर्माले बताउनुभयो । एक वर्षदेखि कोरोना भाइरसका कारण खेलगतिविधि ठप्प थियो । भलिबल प्रतियोगितासंगै पोखरामा खेल गतिविधि विस्तारै बढेको छ ।

प्रतियोगिता सफल बनाउन गण्डकी प्रदेश सरकार, राष्ट्रिय खेलकुद परिषद, पोखरा महानगर पालिका, अन्नपूर्ण गाउँ पालिका लगायत १ सय ४९ भन्दा वढी व्यक्ति एवम संघ संस्थाले सहयोग गरेको अध्यक्ष शर्माले बताउनुभयो । पत्रकार सम्मेलनमा क्लबका सदस्य रामकृष्ण ज्ञवाली र सचिव प्रकाश बराल लगायतले बोेलेका थिए ।

यसैवीच ग्रुपले वागलुङ वडिगाढ गाउँपालिका स्थित एक अशक्त परिवारलाई ५० हजार सहयोग गरेको छ । उक्त गाउँ पालिकाका स्व.टोपबहादुर विकको अशक्त परिवारलाई पोखरा छोरेपाटन स्थित २०४६ को एसलसी व्याच समुह मार्फत रकम प्रदान गरेको हो । उक्त समुहका अध्यक्ष समेत रहेका पत्रकार राजु पौडेल मार्फत स्व. विकलाई रकम हस्तान्तरण गरिएको छ । सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य राजेश गुरुङले समेत उक्त परिवारलाई २१ हजार सहयोग गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...