स्वर्गीय रवीन्द्रको स्मृतिमा दीप प्रज्वलन,आन्दोलनको योद्धा गुमायौ ःमुख्यमन्त्री गुरुङ

पोखरा, फागुन १५ गते ।नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का नेता एवं तत्कालिन पर्यटनमन्त्री रविन्द अधिकारीको दोश्रो स्मृति दिवस उहाँको स्मरण गरिएको छ । रविन्द्र स्मृति प्रतिष्ठानले पोखरा १८ राष्टिय सहिद तथा विभुति पार्कमा रहेको अधिकारीको पूर्णकदको शालिकमा माल्यापर्ण तथा दीप प्रज्वलन गदै उहाँको योगदानको चर्चा गरेर मनाइएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कम्युनिष्ट र लोकतान्त्रिक आन्दोलनको योद्धा गुमाएको बताउनुभयो । उहाँले नेकपाले होनाहार युवा नेता गुमाएको बताउदै बत्ति बालेर रविन्द्रको स्मरण गरेर नहुने बताउनुभयो । उहाँले देखेका विकास र समृद्धिका योजनलाई सफल बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालका राजनीतिक आन्दोलनमा रगत र पसिना बगेको बताउदै उहाँले जीवनलाई कसैले पनि ख्याल ठटटा गर्न नहुने समेत बताउनुभयो ।

कार्यक्रममा बोल्दै स्वर्गीय अधिकारीका धर्मपत्नी विद्या भटराईले रविन्द्र अधिकारीले देशमा विकास र समृद्धि सम्भव छ भन्ने कुरालाई पुष्टि गरेको बताउदै उहाँले देखाएको बाटोलाई पछ्याउनुपर्नेमा जोड दिनुभयो । रविन्द्र स्मृति प्रतिष्ठानका उपाध्यक्ष कृष्ण थापा र प्रतिष्ठान सचिव धनराज आचार्यले रविन्द्र अधिकारीका बारेमा चर्चा गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...