पोखरामा प्रधानमन्त्रीको व्यस्त कार्यतालिका, चार घण्टामा तीन कार्यक्रम

एकराज गिरी
पोखरा, फागुन १६ गते । प्रधानमन्त्री एवं नेपाल कम्यूनिष्ट पार्टी(नेकपा) का अध्यक्ष केपी शर्मा ओली सोमबार पोखरा आउदै हुनुहुन्छ । नेकपा गण्डकी प्रदेशले आयोजना गरेको गण्डकी प्रदेशस्तरीय कार्यकता भेलालाई सम्वोधन गर्न ओली पोखरा आउन लाग्नु भएको हो । विहान ११ पोखरा विमानस्थल उत्ते लगत्तै प्रधानमन्त्री ओलीको औपचारीक कार्यक्रम सुरु हुने छ ।

प्रधानमन्त्री ओली विमानस्थलबाट सिधै गण्डकी प्रदेश सरकारले निर्माण गर्ने प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्न प्रदेशसभा जाने कार्यक्रम छ । त्यहाँबाट १२ बजे पोखरा सभागृहमा आयोजना हुने कार्यकता भेलामा सहभागी हुनुहुने छ । त्यहाँ करिव ए बजेबाट आफनो मन्तब्य राख्नुहुने छ । कार्यकता भेलाबाट उहाँ पोखरा रंगशालामा पुग्ने कार्यतालिका तयार भएको छ । पोखरा विमानस्थल जानुभन्दा पहिलो दुईबजेपछि रंगशाला जाने कार्यक्रम रहेको छ । साढे दुई बजे देशसभा स्थल पोखराको नदीपुरमा शिलान्यास कार्यक्रम लगत्तै पोखरा सभागृहमा आयोजित कार्यकता भेलामा सहभागी हुनुहुने छ ।

कार्यकतालाई सम्वोधन गरेर उहाँ पोखरा रंगशालाको निरिक्षणका लागि जानुहुने भएको हो । राष्ट्रिय खेलकुद परिषदका संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओलीलाई रंगशाला निरिक्षणका लागि लैजाने तयारी भैरहेको छ । पोखरा रगंशालामा भैरहेको पूर्वाधार निर्माणको जानकारी र नवौ राष्ट्रिय खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माणमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउने उद्देश्यले रंगशाला लैजाने तयारी गरिएको राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव रमेशकुमार शिलवाले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई ल्याउने मुख्य उद्देश्यले रंगशालामा पौडि पोखरी, सुटिङ रेन्ज बनाउने र फुटबल मैदानको बाँकी कार्यलाई पूर्णताका लागि आवश्यक बजेट व्यवस्थाका लागि रंगशालामा स्वागत गर्न लागिको बताउनुभयो । दुई बजेपछि प्रधानमन्त्री ज्यू रंगशाला आउने तालिका बनेको छ सदस्यसचिव सिलवालले भन्नुभयो । नेकपाभित्रको विवादपछि र संसद पूर्नस्थापनापछि पोखरा आउन लाग्नु भएको हो । प्रधानमन्त्रीलाई रंगशालामा भब्य स्वागत गर्ने तयारी भैरहेको छ ।

 

आइतबार साँझ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, राखेप सदस्यसचिव रमेशकुमार सिलवाल, कास्कीका प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका प्रमुख लगायत सुरक्षा निकायका प्रमुखहरुले रंगशालामा आवश्यक सुरक्षा व्यवस्था बारे जानकारी लिनुभयो । पोखरा रंगशालामा सरसफाई सहित स्वागतद्धार निर्माण लगायतका काम सम्पन्न भएको राखेप सदस्य राजेश गुरुङले जानकारी दिनुभयो । ओली पार्टीको प्रमुख पद र प्रधामन्त्री बनेपछि पहिलो पटक पोखरा रंगशालामा जान लाग्नुभएको हो । प्रधानमन्त्री ओली रंगशाला जाने भएपछि आवश्यक जानकारी गराउन र पूवर्धार निर्माण, नवौ राष्टिय खेलकुदको तयारी बारे जानकारी गराउन राखेप सदस्यसचिव सिलवाल आइतार दिउसो पोखरा आउनु भएको छ ।

प्रधानमन्त्रीज्यूले विशेष महत्व दिंदै पोखरा रंगशाला आउँदै हुनुहुन्छ, उहाँले खेलकूदलाई दिनुभएको मार्गदर्शनले पनि हामीलाई काम गर्न हौसला प्राप्त भएको परिषद् सदस्य राजेश गुरुङले भन्नुभयो ।पोखरा रंगशालामा सबै खेलाडीहरुले आ–आफ्नो खेल पोशाक सहित उपस्थित भएर स्वागत गर्ने छन् । पोखरा रंगशालाको अवलोकनले नवौं राष्ट्रिय खेलकूद तयारी तथा पोखरा रंगशालामा रोकिएका निर्माणका कामहरुले तिव्रता पाउने अपेक्षा गरिएको छ । पोखराको खेलकूद बिकासका लागि प्रधानमन्त्रीको भ्रमणले पोखरेली खेलप्रेमीहरुलाई उत्साहित बनाएको राखेप सदस्य गुरुङले बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...