काठमाडौं । नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियूको संस्थापन पक्षले समानान्तर कमिटीका पदाधिकारीलाई निलम्बन गरी स्पष्टीकरण सोधेको छ ।
अनेरास्वविूका संयोजक ऐन महरको अध्यक्षतामा बसेको केन्द्रीय कार्यालयको बैठकले सुदेश पराजुली, ओसिम आलम र आरती लामालाई ३ दिनभित्र स्पष्टीकरण माग गर्ने निर्णयसमेत गरेको हो । उनीहरू तीनैजना अनेरास्ववियूका सचिव थिए ।
तीन दिनअघि राजधानीमा भएको विद्यार्थीको राष्ट्रिय भेलाले पराजुलीको अध्यक्षतामा ५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको थियो ।संगठनको गरिमामा आँच आउने गरी गुटगत भेला गरेर समानान्तर कमिटी बनाएको, संगठनको हितविपरीत गैर राजनैतिक क्रियाकलापमा संलग्न भएको भन्दै उनीहरूलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
बैठकले एमाले र माओवादी ब्युँताउने सर्वोच्चको फागुन २३ को निर्णयलाई स्वागत गरेको छ । साथै त्रिभुवन विश्वविद्यालयले जागामी जेठ ३० गते तोकेको स्ववियू निर्वाचनको तयारीमा जुट्न सबै क्याम्पस तथा मातहत कमिटीहरूलाई निर्देशन दिएको छ ।