साहित्यकार थापाको चौथो कृति ‘अक्षरहरुको मूच्र्छना’ लोकार्पण

पोखरा, चैत १४ गते । साहित्यकार लक्ष्मण थापाको चौथो कृति कविता संग्रह ‘अक्षरहरुको मूच्र्छना’ शनिबार एक समारोहका विच लोकार्पण गरिएको छ । कृतिको प्रमुख अतिथि तथा अतिथिहरुले सम्युक्त रुपमा लोकार्पण कार्यक्रमको उद्घाटन गरेका थिए ।

पोखरेली साँस्कृतिक परिवारको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि वरिष्ट साहित्यकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पुर्व कुलपति सरुभक्तले कवि तथा साहित्यकारले संख्या भन्दा अजम्बरी हुने कृति प्रकाशन गर्नुपर्ने वताउनु भएको थियो ।साहित्यकार तथा प्राज्ञ तिर्थ श्रेष्ठले असल साहित्यकारले शव्दहरुलाई उचित सम्मान गर्न सक्नु पर्ने वताउँदै आफ्ना रचनाहरुमा अनावश्यक थोपारेर शव्दको अवमुल्यन गर्न नहुने वताउँनु भएको थियो ।

सो अवसरमा विम्ब कवि रमेश श्रेष्ठ, पोखरा महानगर प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, लोक गायीका प्राज्ञ हरिदेवी कोइराला, नवनीत साहित्य सागरका अध्यक्ष तथा छोरेपाटन माविका प्रधानाध्यापक डिल्लीराम शर्मा लगाएतले शुभकामना व्यक्त गर्दै श्रष्टा थापाले आफ्नो मनमा भएका उकुस मुकुसहरुलाई रचनाहरु मार्फत व्यक्त गर्ने स्वभाव रहेको व्यक्ति भएको वताएका थिए

श्रष्टा लक्ष्मण थापाले पोखरेली साँस्कृतिक परिवारले आफुलाई कवि बनाउन प्रेरणा दिएको तथा पुछार सिटे अभियानले कृति प्रकाशनमा हौसला मिलेको वताउँदै यस कार्यमा सहयोग गर्ने सम्पुर्ण प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।कार्यक्रममा कृतिको समालोचनात्म समिक्षा सन्जिव पौडेलले र श्रष्टा परिचय पोखरेली साँस्कृतिक परिवारका पुर्व अध्यक्ष दीपक समिपले गर्नु भएको थियो ।

पोखरेली साँस्कृतिक परिवारका अध्यक्ष माती भुजेलको अध्यतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष उपेन्द्र पौडेलले र कार्यक्रम संचालन सचिव डा. चैतन्य अधिकारीले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...