प्रतिनिधिसभा पुन:स्थापना भएयता प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले बालुवाटारमा भेटघाट गरेका छन् ।प्रतिनिधिसभा पुन:स्थापना भएयता प्रधानमन्त्री र सभामुखबीच पहिलोपटक भेट भएको हो।

प्रधानमन्त्री ओलीले सभामुख सापकोटाले संसद संचालन प्रक्रियामा सहयोगी नबनेको सभामुखमाथि आरोप लगाउँदै आएका छन् ।आइतबार बिहान बालुवाटारमा ११ बजे भएको भेटवार्ता करिब २ घण्टासम्म चलेको थियो । सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानले समग्र संसदलाई प्रभावकारी बनाउने, महत्वपूर्ण र जरुरी विधेयकलाई अगाडि बढाउने विषयमा छलफल भएको जानकारी दिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्य थापाका अनुसार प्रधानमन्त्री र सभामुखबीच शिष्टाचार भेटघाट भएको र भेटमा संसदलाई प्रभावकारी बनाउने विषयमा छुट्टै कुराकानी भएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...